एउटा बन्देज थिएटर भित्र केही माईक, केही गीतार, एउटा किबोर्ड अनि केही माईकले ओगटीएको मन्च, डिस्को लाईट्स, झिलीकमिलीक बत्तीहरु, कुनामा बसेर बारमा सोमरस पिउँदै केही उरन्ठ्यौला अनि केही सङ्गीतलाई मनैबाट बुझेका युवाका जमातलाई रमाउँदै अनि झुमाउँदै थियो केही बर्ष सम्म सोलाङ्चर ईभेन्ट्स। केही फरक स्वाद दिनु पर्छ अव नेपाली समाजलाई अनि अव नेपाललाई पनि अरु देशका नागरिकहरु माँझ उही सगरमाथा र भगवान बुद्द भनेर मात्र चिनाउन हुन्न केही नयाँ स्वाद चखाएर चिनाउन पर्छ भन्ने हेतुले चार दिवारबाट बाहिर खुल्ला आकाशलाई छानो मानेर सबै नेपालीको जिब्रोमा बस्न सफल नेपाली मो:मोलाई अव नेपाली ब्रान्डको रुपमा चिनाउन पर्छ भनेर गएको सालदेखी मोःमो फेस्टीबलको शुरुवात गरियो।
त्यो पक्कै पनि रिक्स थियो सोलाङ्चरको लागि। एक्कासी चार दिवार बाहिर हामफाल्दा कतै फ्लपपो हुने हो कि भन्ने तर त्यहि बर्ष पन्द्र हजार भन्दा बढि मानिसहरुले सहभागीता जनाए, मो:मोको स्वाद लिए, नेपाली सङ्गीतको रसपान गरे। ति आएका मानिसहरुको मो:मो प्रतीको झुकाबलाई सोलाङ्चरले मार्न नदिने प्रतीबद्दता जाहेर गर्यो र दोस्रो मो:मो फेस्टीभलको घोषणा गर्यो।
एक दिनमा मात्र सिमीत नगर्ने पो हो कि यो बर्ष । यसलाई तिन दिनको चाड मनाउँदा कतै यसको लोकप्रीयतापो घट्ने हो की भन्ने कता कता व्यबस्थापनलाई नलागेको थिएन। हैन तिन दिन गरौ न त के हुन्छ हेरौ भन्ने निचोडमा पुगेर मो:मो फेस्टीभलको मिती तय भयो २४, २५ र २६ मार्च। व्यापक प्रचार प्रसार भयो। साच्चै मेल्बोर्नको यत्तिको बर्ष बसि सकेका राजु शाक्य र दिपा राईलाई ईभेन्टेसको बारे धेरै अनुभव भई सकेको छ। ह्या जुवानै खेलीयो लौ जा भनेर तिन दिन पक्कै गर्न खोजीएको थिएन। नेपाली समुदाय बढ्दै गएको यो समाजमा प्राय सबैलाई एकचोटी आउन सक्ने समय मिलोस भन्नका खातीर अनि सबै समुदायका मानिसले कम्सेकम के भएको रहेछ भनेर थाहा पाउन भनेर पनि तिन गरिएको थियो।
शुरुवात राम्रो रह्यो मौषमले पनि राम्रोसँग साथ दियो। स्वयम्भु र पशुपतीनाथको मन्दिर आकर्षणको केन्द्र बन्यो। आउने सबैले फोटो खिचे। यसपाली केही अस्ट्रलीयाका साङ्गीतिक व्याण्डहरु पनि समाबिस्ठ गरियो। Indigenous Hip Hop Dance Project, Ras Jahknow Band, Opal Ocean band ले सहभागिता जनाए। मुक्ती एण्ड रिभाभल र कुटुम्ब त आकर्षणका रुपमा छँदै थिए।
फेस पेन्टीङ त्यो पनि मोःमोको आकारमा गर्नेहरु पनि देखीए। रोटेपीङमा रमाउने पनि प्रसस्तै थिए।
दोश्रो दिन यानिकी शनीबार मुख्य दिन थियो।एकाएक बादल मडारिन थाल्यो।आकाशले राम्रो सङ्केत देखाएको थिएन। मौसम हेर्दा पानी देखाएको थियो। कार्यक्रम खुल्ला आकाशमा थियो। बर्षातलाई छोप्ने कुनै सम्भब थिएन। कार्यक्रम सार्ने कुनै सम्भावना थिएन। जसरी हुन्छ कार्यक्रम गर्नै पर्ने अवस्थामा थिए आयोजक। नभन्दै बिहानबाटै मेघ घर्जनका साथ पानी पर्यो। महिनौ देखीको आफ्नो मेहीनत र परिश्रमको नतिजा आउने बेलामा मौषमले दिएको घातले आयोजक केही तनाबमा देखीन्थे। बिहानको कार्यक्रम सबै रद्द भयो। दुई बजे पछि मौषम सामान्य हुने आशमा कार्यक्रमको सुची निस्कियो। दुई बजे पुग्दा मान्छेहरुको चहलपहल बिस्तारै बड्दै गएको थियो। आयोजक केही निराश देखीन्थे। दिपा राई भन्दै हुनु हुन्थ्यो-“हामीले सकेको गर्यौ अब भगवानको मर्जी”। फोटोले फ्लास हाने जस्तो अनि केटा केटी लुकामारी खेले जस्तो घरि मिलिक्क घाम लाग्थ्यो त एकै छिणमा कालो बादलले जिस्काउँदै थियो।
मुल गेटमा ठुलो काठको बाकस राखेर दिपा राई आएका पाहुनालाई गोल्ड कोईन हाल्न अभिप्रेरीत गर्दै हुनुहुन्थ्यो। एमआईटी फाउण्डेसनले नेपालको ग्रामीण भेगमा निर्माण गर्न लागेको बिधालय र अस्पतालको सहयोगार्थ सो रकम सङ्कलन गरिएको थियो। सङ्कलनबाट $१०७७० उठेको थियो जसमा सोलाङ्चरबाट $२००० थप प्रदान गरिएको थियो।
उमेरको कुनै पवन्दी थिएन। बच्चालाई प्राममा घिच्चाउँदै अनि पाका उमेरका बा आमा पनि रमाईलो गर्न उत्सुक देखीन्थे। युवाहरुमा उत्तिकै जोशजागर थियो। केही छातामा ओत लाग्दै रमाईलो गर्दै थिए। पानी दर्कीदा पनि कुटुम्बका मन छुने धुनमा कति पनि तितरबितर नभईकन झन् जोशका साथ रमाईलो गर्दै थिए।
मोःमोनै मज्जाले खान पाईएन भनेर गएको साल गनगन गर्नेहरुलाई मध्यनजर लगाएर मोःमो स्टलहरुले यथेस्ठ मोःमो राखेको थियो। भेगन, ग्लुटन फ्री, स्विट मोःमो लगाएत लगभग चालिस प्रकारका मोःमोका परिकार राखिएको थियो। मोःमो खान लाईन बस्नेहरु छलेर बिचमै छिर्ने तछाडमछाड गर्दै थिए। बिदेशीहरु म्याटमा बसेर मोःमो खाँदै थिए।कोही कुटुम्बका फ्यान हुनु पर्छ बडो जोश र जाँगरका साथ मादलको तालमा नाँच्दै थिए। ब्यबस्थापन राम्रोसँग गरिएको थियो। पेय पदार्थको छुट्टै ब्यबस्था थियो। पैसा चाहिए एटिएम मेशीन थियो। तिन दिनमा २०००० दर्शकको उपस्थिती रह्यो।
समग्रमा मोःमो फेस्टीभल सफल रह्यो। एउटा ब्रान्ड बन्यो अनि सवैको मन जित्न सफल भयो। अन्त्यमा फेरी एक चोटी मोःमोको नै जित भयो।