eNepal

नृत्यलाई आफ्नो करिएर बनाउँदै ईटहरी देखी अस्ट्रेलीयाको मेल्बोर्नसम्मः शायद श्रेष्ठ

बिगत छ बर्ष देखी नृत्यलाई आफ्नो करिएर र पेशा बनाउँछु भनेर निरन्तर लगनशिल र मेहीनेतको साथ लागि परेका एक नृत्यसाधकको नाम हो शायद श्रेष्ठ। आफ्नो सानै देखिको मोडेल र नृत्य प्रतीको रुची र यहि क्षेत्र प्रतीको लगाबनै उनको प्रेरणाको श्रोत बन्यो। सानै उमेरमा नृत्यका थोरबहुत शिक्षा हाँसील गरेका शायदले आफ्नै जन्मथलो ईटहरीको एक स्कुल र नृत्य पाठशालामा नृत्य शिक्षकको रुपमा पनि काम गरेका थिए।

दिनहरु बित्दै जाने क्रममा बिभीन्न मन्चहरुमा आफ्नो जादुमयी नृत्यकला देखाउँदै अघि बढ्ने क्रममा जब बार्ह कक्षाको परिक्षा दिएर बसि रहेका थिए एक नृत्य प्रतीयोगीतामा भाग लिने अवसर मिल्यो। सो प्रतीयोगीताको बिजयीलाई भारतको बैङ्गलोर लगेर थप प्रशिक्षण दिने जनाईएको थियो। सो प्रतीयोगीतामा भाग लिएर शायद प्रथम भए। अठार महिनाको कोर्ष गर्न बैङ्लोर गए जहाँ उनीले हिपहप, क्रम्पिङ, लकिङ पपीङ सिक्ने अवसर पाए।

समय बित्दै गयो, सायद भित्रको नृत्यको किडा झन् गड्दै गयो। ईटहरीबाट आफ्नो भविस्य बनाउन हजारौ युवासँगै उनी पनि राजधानी काठमाण्डौ होमीए। काठमाण्डौको बसाई जो कोहीलाई सहज हुँदैन। कैयौ हण्डर र ठक्करले शायदलाई पनि जिन्दगीसँग जिउन सिकायो। दुखसँग मितेरी गाँस्न अनि सुखमा मात्तिन हुन्न भन्ने कुरा सिकायो। अथक मेहीनेत, कडा परिश्रम र दृड सङ्कल्पको कारण अन्तत: साथीसँगको साझेदारीमा काठमाण्डौमा डान्स स्टुडीयो खोले।

बिस्तारै म्युजिक भिडीयोको लागि अफरहरु आउँदै थियो तर २०७२ सालको महाभुकम्पले सपनाहरु केवल सपनानै रह्यो। आफु रहेको घरनै सबै ढल्यो र आँखा भरि आँशु लिएर पुन आफ्नै जन्मथलो ईटहरी फर्किए। त्यस पछि घर तिरकै एकेडेमी, कलेज र स्कुलमा नृत्य प्रशिक्षक दिदै जिवनलाई अगाडी बडाउँदै थिए। यसै बिचमा उनको प्रेमीकाको पनि नर्सीङको पढाई सकिने क्रममा थियो। यसै बिचमा उच्च शिक्षा हाँसील गर्न अस्ट्रेलीया जाने निधो भयो। अस्ट्रेलीया जाने प्रक्रिया अगाडी बढाउन पुन: काठमाण्डौ छिरे।

उनीको आईएलटिएसको तयारी, नर्सीङको लाईसेन्स लिने दौडधुप चलि रहँदा शायदलाई भने म्युजिक भिडीयो, दोहोरी र छोटो चलचीत्रहरुमा अफर आउँदै थियो। अस्ट्रेलीयाको भिषाको तयारी गरि रहँदा दुईवटा म्युजिक भिडोयो र तिनवटा सर्ट मुभी गर्ने मौका मिल्यो जहाँ धेरै कुरा सिक्ने अवसर जुर्यो। केही महिनाको प्रतीक्षा पछि अस्ट्रेलीयाको भिषा लाग्यो।

नयाँ देश नयाँ परिवेश। थोरै डर धेरै भरोषा। सबैले भन्छन् नि अबसरको देश अस्ट्रेलीया। काम नगरी सुखै नपाईने देशमा आफु भित्र रहेको नृत्य प्रतीको मोह त्यसै मरेर जाने पो हो की भनेर मन भत्भती पोल्ने गर्थ्यो। बिस्तारै नेपाली समाजसँग घुलमील हुँदै जाने क्रममा समाजका बिभीन्न साँस्कृतीक कार्यक्रमहरुमा सामेल हुने अवसर मिल्यो। डम्फु साँझमा देखाएको नृत्यलाई सवैले मुक्तकण्ठले प्रसङ्सा गर्नु भयो। सबैको प्रोत्साहनले शायदमा केही गर्ने मनोबल बढ्यो।धेरैले अगाडी बढ्न आग्रह गर्नु भयो।सबैको आग्रहलाई आत्मासाथ गर्दै आफ्नै सँयोजकमा डान्सिङ क्रियु खोल्ने निधो गरे। आफ्नो पाटनरको सहयोगमा श्याम नेपालीमा केही डान्सरहरु खोज्नलाई पोस्ट हाले। निर्देशक जिवन रसाईलीको सहयोगमा NEPAUS Crew बनाउने निधो गरे। यस टिममा रचना श्रेष्ठ, श्रीषा प्याकुरेल, अस्मीना तिमील्सिना, रुबीना दाहाल, रोजी श्रेष्ठ, सागर कुवँर र स्वयम् शायद श्रेष्ठ रहेका छन्।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349