मेल्बोर्नमा मो:मो फेस्टिभलको ब्यापक प्रचाक प्रसार भयो। सोलाङ्चर आयोजक रहेको यस कार्यक्रमलाई महिनौ देखी कसरी भव्य बनाउन सकिन्छ भनेर अहोरात्र खटे। भगवान बुद्द जन्मेको देश भनेर गर्व साथ भन्छौ, सगरमाथाको देश भनेर शिर उच्च पार्छौ। अव मो:मोको देश भनेर पनि नेपाललाई चिनाउन पर्छ भनेर मल्बोर्नको सक्रिय ईभेन्ट्स कम्पनीले गएको सालबाट मो:मो फेस्टीभल आयोजना गर्न सुरु गरेको छ। गएको साल करिब पन्द्र हजारले आएर मो:मोको स्वाद चाखेका मो:मो प्रेमी नेपाली लगाएत बिदेशीको लागि यस बर्ष अझ बृहत बनाउन बिशेष ध्यान आयोजकले दिएको देखिन्थ्यो। मो:मो भन्ने बित्तीकै झोल र स्टिम मात्र होईन। स्वास्थ्य र स्वादलाई बिशेष ख्याल राख्दै भेगन, ग्लुटन फ्री, चकलेट मो:मोपनि राखिएको थियो।
दोश्रो दिन करिब चारबजे कार्यक्रम स्थलमा पुग्दा मान्छेको भिडभाड लगभग बाक्लै सकेको देखिन्थ्यो। शुरुमा छिर्दा कन्सल्ट्यान्सीको एक्जिबीसन हो कि जस्तो लागे पनि केही भित्र छिरे पछि मो:मोका परिकारले नाकलाई झस्काउँदै पाईलाहरु मो:मोको स्टल तर्फ लम्कि रहेका देखिन्थे। बिदेशीहरु आँखा रातो बनाउँदै झोल मो:मो खाएको देखिन्थ्यो भने नेपालीहरु पनि आफ्नो स्वाद अनुसारको रोजाईको मो:मो खानमा व्यस्त देखिन्थे।
व्यबस्थापन पक्ष राम्रो यस अर्थमा थियोकि पैसा निकाल्न एटीएम मेसीन देखियो। पेय पदार्थ पिउनलाई बार छुट्टै थियो। थप मनोरन्जन गर्न रोटे पिङ् देखी बिभीन्न रमाईलो खेलहरु राखिएको थियो। कोहीले भृकुटी मन्डपको एग्जिबीसनको झल्को मेटीयो भन्दै थिए भने कोही नेपालकै महोत्सवको याद मेटीएको कुरा गर्दै थियो।कोहीले कस्तो गजबको फेस्टिभल आयोजना गरिएको रहेछ धेरै थरीको मो:मो पनि खान पाईने अनि मनोरन्जनको लागी कन्सर्ट पनि हुने, साथीभाईसँग भेटघाट पनि हुने भन्दै मो:मो खादै गफ गरि रहेको देखिन्थ्यो।
कार्यक्रमको मुख्य केन्द्र तर्फ अगाडी बढ्दै जाँदा सबै जना एक चोटी टक्क अडिएको देखिन्थ्यो। फोटो खिच्न हतार गरि रहेको देखिन्थ्यो। एकातिर नेपालको लोकप्रीय म्युजीकल व्यान्ड कुटुम्बले नेपाली ठेट धुनहरु बजाउँदै गर्दा अर्को तिर आश्चर्य मान्दै ढोग्दै परिक्रमा गरेर स्वयम्भुनाथ र पशुपतीको अघिल्तीर आफ्नो तस्बीर खिचाउनेको भिड लागेको थियो। मो:मो देखि बाहेक यस बर्षको आकर्षण यो पनि थियो।
हुन त दुर्गा मन्दिर शिब मन्दिर गई रहेका हामीलाई कता कता आफ्नो भनेको यीनै स्वयम्भु र पशुपती हुन जस्तो आभास भयो।त्यहाँ आएकाहरु मध्य ति मन्दिरमा फोटो नखिची कोही पनि अघि बडेको देखिदैन थियो।
बर्षाले कार्यक्रम केही अबरुद्ध भए पनि आएका मान्छेको जोशमा कुनै कमी थिएन। साना बच्चा च्यापेर आउने देखी बृद्ध आमा बा लिएर आउनेहरु बाक्लै देखिन्थ्यो। सबैले मस्त रमाईलो गरेको देखिन्थ्यो।