eNepal

यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस्

आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् ।
यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने
विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।

गलतः यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ ।
दोश्रो प्राथमिकताः यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् ।

झुटको जगः तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ ।

मनमा अशान्तिः आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस्

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349