eNepal

हिलेमा फुड फेष्टीभलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

धनकुटाको ब्यापारिक केन्द्र हिले बजारमा हुन लागेको पहिलो हिले फुड फेष्टिवलको तयारी तिव्र पारिएको छ । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन धनकुटाको संयुक्त आयोजनामा चैत ११ देखि १५ गतेसम्म फेष्टिवल गर्ने तयारी गरिएको छ ।

आयोजकले बिहीबार हिलेमा पत्रकार सम्मेलन गरेर फेष्टिवलको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन र स्थानीय खानाका परिकारको प्रचारप्रसारमा सहयोग पुर्याउँने उद्धेश्यले रामनवमीको अवसर पारेर फेष्टिवल गर्न लागिएको आयोजक समिति अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।

यता फेष्टिभल प्रचारप्रसार समिति संयोजक दीपक घिमिरेले जिल्लाको पर्यटन प्रर्वद्धनमा हिलेको ठुलो भूमिका रहेकाले अझै प्रचारप्रसार गरी पर्यटनसँगै आर्थिक विकासका लागि पनि फेष्टिवल महत्वपूर्ण हुने तर्क गरे । उनका अनुसार फेष्टिवलमा विभिन्न जातिय परिकार, अर्गानिक खाना, स्थानीय कृषि उत्पादन लगायतका करिव २० वटा स्टल राखिने छ ।

फेष्टिवल उद्घाटनका लागि पर्यटन मन्त्री जगदिश कुशसाह आउँने आयोजकले जनाएको छ । उद्घाटनका अवसरमा रामसीता र हनुमानको मुर्तिसहितको रथयात्रा निकालिनेछ । पाँच दिनसम्म चल्ने फेष्टिवलमा करिब ५० हजार पर्यटक भित्र्याएर एक करोड भन्दा बढीको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य छ ।

फेष्टिवलमा राष्ट्रिय र स्थानीय कलाकारको साथमा दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ । बाह्रै महिना चिसो मौसम हुने हिले बजार पर्यटनका हिसावले आकर्षक गन्तब्यको रुपमा चिनिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349