श्याम उच्च शिक्षा हाँसील गर्न अस्ट्रेलीयाको मेल्बोर्नमा आयो। उसले चिनेको मान्छे कोही थिएन। कताबाट नाता पर्नेले एक जनाको घरमा लगेर राख्देछन्। तिन बेड रुमको घरमा कोठा खाली रहेन छ। तर ति दाईले लिभीङ् रुममै बस अनि मिलाएर बोन्ड र भाडा देउ भनेछन्। भाडा ४०० पर्छ महिनाको अनि बोन्ड पनि ४०० लिएछन्। बिरानो देशमा न जानेको केही छ न बुझेको केही छ। सर्लक्क नेपालबाट ल्याएको २००० को ट्राभल चेकबाट ८०० डलर घरबेटी दाईलाई बुझाएछन्। बाठा घरबेटीले तिन बेडरुम घरको कति तिर्छन त्यो पनि भनेन छन्। पछि बुझ्दा घरको भाडा १६०० रहेछ। दुई कोठामा बस्नेसँग ६५० को दरले १३०० उठाउँदा रहेछन। आफु तिन सय तिर्दा रहेछन्। ति भाईलाई लिभीङ रुममा राखे पछि त आफु सित्तैमा बसेका रहेछन्। अझ आस्चर्यको कुरा त के भने खाना सगोलमा खान पर्छ भनेर मन परि मात्रामा पैसा असुल्ने गरेको पनि रहेछ। जबकी भाईले एक छाक पनि बिरलै खाने रहेछ।
एक जोडी नेपाली मेल्बोर्नकै एकजना नेपालीले लिनु भएको घरमा बस्नु हुँदो रहेछ। उहाँहरुको घरमा बच्चा पनि रहेछ। शुरुका केही महिना राम्रोसँग बसि रहेका रहेछन्। केही समय पछि नेपालबाट हजुरआमा बोलाएछन्। हजुरआमा अलिक बढि किच्किचे स्वभाबको हुनुहुँदो रहेछ। सँगै भान्सामा पकाउन खोज्दा झर्किने, छोईन्छ कि जस्तो गर्ने। आफ्नो भाडाहरु भरिसक छुन नदिने। सकभर देख्न नपरेनि हुन्थ्यो जस्तो व्यबहार देखाउनु हुँदो रहेछ। फ्रिजमा पनि ठाउँ नराख्दिने, पाए सम्म र मिले सम्म राईस कुकरको भाडा राख्दिने, प्रेशरकुकरनै हाल्दिने। साँझ कामबाट आएर पकाउन खोज्दा झर्की र फर्की गर्ने। पकाउँदा पकाउँदै भान्सा कोठाको बत्ती निभाई दिने गर्नु हुँदो रहेछ। भलै हजुरआमाले आफ्नो नेपालको बानी यहाँपनि लागु गर्न खोज्नु भएको होला। घरमा चलाको हैकम लाद्न खोज्नु भएको होला। तर यो त परदेश हो।यहाँ नेपालको जस्तो हैकमबादी पारा देखाएर हुँदैन। भाडा तिरेर बसे पछि सबैको उत्तिकै अधिकार लाग्छ। अर्को कुरा यो बिदेश हो छि छि र दुर्दुर ऐर्न हुँदैन है आमा भनेर यहाँ बस्ने छोरा छोरीले सम्झाउन सक्नु पर्छ।
ज्ञानु बिधार्थी भिषामा रहँदानै आमा बनिन्। उनको परिवारलाई एकदमै गार्हो भयो अस्ट्रेलीयाको दैनिकी चलाउन। अकस्मात बसि रहेको घरको लिज नसकिदै घर खाली गर्नु पर्ने भयो। घरवालानै बस्ने भनेर घर छोड्न सुचना दियो। त्यस पछि कोठाको लागि बुझ्न धेरै ठाउँमा कुरा गरिन्। कोठा त धेरै पाईयो तर बच्चा छ भने पछि धेरैले कोठा दिन हिच्कीचाहे। कसैले हामी बिधार्थीलाई पढ्न असजिलो हुन्छ भन्दै टारे, कसैले पछि खबर गरौला भने तर खबरनै गरेनन्। आखिरी बच्चा त सबैको हुन्छन् तर त्यो दुखमा सहयोग गर्नको साटो उल्टै तनाब झेल्नु पर्यो। एकातिर कलेज जान पर्ने तनाब छदैछ। कोठा नपाएर अर्को तनाब झेल्नु पर्यो।
काममा पनि उस्तै ठगेको घटनाहरु छन्। काम बढि लगाएर थोरै रकम दिने। आफुले कन्ट्राक्टमा काम लिएर नेपालीहरुलाईनै ठग्ने प्रसस्तै छन्।
एक जोडीले एउटा अपार्टमेन्ट सफा गर्ने कन्ट्राक्टमा लिएका रहेछन्। उनीहरुले केही बिधार्थीहरुलाई एबीएनमा काम दिएका रहेछन्।अस्ट्रलीयाको नियम अनुसार पनि ट्याक्समा कम्तिमा $१८.२९ दिन पर्छ। तर शुरुको केही दिन ट्रायल भनेर सित्तैमा काम लगाउने अनि सिके पछि काम लगाएर पैसा भनेको समयमा नदिने। पैसा बैकमा आउँदा पनि सधै काम गरेको पैसा भन्दा कमी आउने। सोद्धा झर्की र फर्की गर्ने। काम गर्ने भए गर मन नभए छोडेर जाउँ भनेर उल्टै रिसाउने प्रबृती रहेछ।
ठग्ने प्रबृती हरेक ठाउँमा छ। त्यस्तै अर्को अचम्मको खबर सुन्नमा आएको छ। बिधार्थीहरुको कम्जोरीको फाईदा उठाउँदै फिको लागि पैसा दिन्छु मलाई यति थपेर देउ भनेर पैसा लगानी गर्ने। पाँचहजार दिन्छु पाँचसय थपेर देउ। नेपालमा ब्याजमा पैसा लगाए जस्तो यता पनि ब्याजमै डलरको खेती गर्नहरु पनि सल्बलाई रहेका छन्।