नाँचौ गाऔ रमाईलो साँझको पहिलो संस्करण आज डार्बीनबाट शुभारम्भ हुने भएको छ।डार्बीनको ईटालीएन स्पोट्स एण्ड सोसीयल क्लबमा शुरु हुने यो कार्यक्रमको लागि सम्पुर्ण तयारी लगभग भइसकेको आयोजकले हामीलाई बताउनु भएको छ। नेपाली कला सङ्गीत प्रेमी सम्पुर्ण महानुभावहरुलाई चुले निम्तो दिनु हुँदै आयोजकको तर्फबाट कलाकारलाई हौसला बडाई दिन सबै नेपालीमा आग्रह गरिएको छ।
आज सम्योगपनि मान्न पर्छकि आमाको मुख हेर्ने दिन आमाको काखबाट परदिशीएका हामी परदेशीहरुलाई नेपाल आमाको झल्को मेटाउने दाबी आयोजकको रहेको छ। बरिस्ठ लोक गाएक मिलन लामा, नेपाली तारा २ सन्तोस लामा, लोक गायीका ज्योती मगर र हाँस्यब्यङ्ग्य कलाकार राजु राजारामको प्रस्तुती रहने छ। आयोजक टीमलाई ईनेपालको तर्फबाट कार्यक्रमको सफताको अग्रीम शुभकामना।