eNepal

नेपालमै राम्रो पद र पुग्ने पैसा छ भने नआउनु होस् अस्ट्रेलीया ठुलो भाग खोज्न

आजकाल बिदेश भने पछि सुननै पो फल्छ भनेर हाम्फाल्नेहरु प्रसस्तै हुन्छन्।अरुको देखासिकीको पछि लागेर बढो ठुला सपना बुनेर तत्काल निर्णय नगरेकै राम्रो हुन्छ। यदि ठुला सपना बुनीहाल्नु भयो भने पनि तपाईले सोचेको जस्तो सहज र रमाईलो चाँही पक्कै छैन है अस्ट्रेलीया।सुन्दा, हेर्दा अनि भन्दा जति आनन्द हुन्छ नि बास्तबिकतामा त्यस्तो कदापी छैन।फेरी यति भनेर खुब फुई लायो आफु चाँही गएर मोज गरेको छ भन्नु होला अनि कत्ति न अरुलाई नआईज भन्ने भनेर गाली गर्छ भन्नु होला।हो आउँदै नआउनु होस यदि नेपालमा राम्रै दर्जा वा राम्रै आयश्रोत छ भने।बेकारमा तनाब अनि डिप्रेसनको शिकार बन्न।

आउनु हुन्छ भने शारीरिक र मानसिक रुपमा परि आएको खण्डमा जे पनि गर्छु, कुनै पनि कामलाई सानो र ठुलो भन्दीन, जे पर्छ त्यो गर्छु भन्ने शोच दिमागमा राखेर आउनु होस।अनि बल्ल तपाई टिक्न सक्नु हुन्छ नत्र भने जे छ त्यसमै रमाएर बस्नु होस् ।बेकारको टेन्सनमा नफस्नु होस।बरु त्यसमै तपाईलाई सुख अनि शान्ती मिल्छ।एक्कै चोटी धेरै कमाउँछु,ऐस आरामको जिन्दगी बिताउँछु भन्ने दिव्य सपना बुन्नु भएको छ भने त्यसलाई बिर्सी दिनु होस् र मात्र आउनु होस् हामी सबैको सपनाको देश अस्ट्रेलीया।

तपाई काम गर्न अल्छी हुनु हुन्छ, काम नगरी बाबु आमालाई दङ्गाएर खानु भएको छ भने बोरु पहिला काम सिक्नु होस्। घरको काम जस्तै खाना पकाउन लगाएतको काम सिक्नु होस ताकि यहाँ आए पछि आफै खाना पकाएर खान सक्नु होस्। यो सबैको लागि परदेशी ठाउँ हो।कसैले के खाईस भनेर सोध्ने फुर्सद पनि हुँदैन।अझ चिनेजानेका कोही छैनन् भने त झन् गार्हो र कठिनाई हुन सक्छ।तर आजकाल धेरै नेपालीको सङ्ख्यासँग सँगै सहयोगी मनहरु जस्तै स्याम नेपाली लगाएत बिभीन्न पेजहरु छन् अस्ट्रलीयामा काम, सेवा सहयोग नेपालीलाई, काम-कोठा आदि ईत्यादी।तिनीहरुलाई सम्पर्क गर्नु होस्।केही भए पनि राहत हुन सक्छ।

बिशेष गरेर उमेर पनि ढल्किने क्रममा रहेका अनि नेपालमा नि राम्रै आयश्रोत भएकाहरु त झन् आउँदै नआउनुस।बेरकारमा डिप्रेसनको शिकार बन्न। आएर पछुताउनु भन्दा बरु नेपालमानै बरु अरु केही गर्ने शोच बनाउनु होस्।व्यापार गर्दै हुनु हुन्छ र राम्रो आयश्रोत छ भने त्यसलाई बडाउनु होस।कुनै कम्पनीमा प्रबन्धक हुनुहुन्छ भने त्यहि कामलाई निरन्तरता दिनु होस्।अस्ट्रेलीयामा कमाईने पैसा नेपालमा नै कमाईन्छ।कुनै तुरुन्तै उथलपुथल केही हुनेवाला छैन।

बैकमा मेनेजर हुनु हुन्छ भने त्यही काम यहाँ आएर गर्छु भन्ने सपना छ भने एकछीनलाई बिर्सीनु होस।तर यति भनि राख्दा के कामनै नपाईने भन्ने प्रस्न उठ्ला।आफुले चाहेको रोजेको काम पाईन्छ तर त्यसको लागि यहाँ अनुभव खोज्छ जसको लागि तपाईको नेपालको अनभवले थोर बहुत काम गर्न सक्छ।तर यहाँ सोझै काम पाउनु भनेको फलामको चिउरा चपाउनु सरह हुन्छ। अनुभव लिनलाई तपाईलाई कसैले पैसा दिएर सिकाउँदैन।किनकि देशनै यस्तो व्यस्त छ कि हरेक सेकेन्डको महत्व हुन्छ। अनुभव लिनको लागि पनि स्वयंसेवक भएर काम गर्नु पर्ने हुन्छ जसको लागि एकदम धैर्यता चाहिन्छ।एकातीर कलेजको फि तिर्ने जोह गर्नु पर्यो अर्को तिर घर खर्च चलाउन पर्यो पनि त्यसको अलावा नेपालबाट आउँदाको ऋृणपनि तिर्ने चटारो हुन्छ अनि कसरी मनले मान्छ र भोलिन्टेयर काम गर्न।

कुनै पनि काम भन्ने बितीक्कै पाइन्न। त्यसको लागि समय लाग्छ।तर आउने बितीक्कै परी आएको खण्डमा जे जस्तो काम गर्छु भन्नु हुन्छ भने आउनु होस। गर्ने हरुको लागि अबसरको खानी हो भने नगर्नेहरुको डिप्रेसनको शिकार पनि हो असट्रेलीया।गोजीमा एक दुई लाख हुन्थ्यो।केटाहरुलाई अर्हाएर काम लगाईन्थ्यो।छुट्टी मनाउन कहाँ कहाँ गईन्थ्यो।बेकारमा उमेर ढल्के पछि दुख बेसाउन आईयो भन्नेहरु धेरै भेटीन्छन्। त्यस्ताहरु नआएकै बेश।बरु नेपालमै बसेर ब्यापारलाई बडाउँदै लैजाँदा हुन्छ।बेकारको मानसिक तनाब झेल्न।
अधिकृत सतरको काम गर्दै गरेका एक जना दाईसँग भेटभएको थियो।तिन दशक नेपालकै जागीरे भएर बिताएका रहेछन्।साथी भाईको लहैलहैमा लागेर गोडा दुई बर्ष दुःख गरेर सोझै पिआर पाई हालीन्छ।के दुख गर्छौ हो नेपालमा।

जति घुँडा रगेटेने त्यहि खान बस्न त पुगेको छ।आउ बोरु स्टुडेन्ट भिसामा। हामी काम खोज्न सहयोग गरि हाल्छौ भन्दै मज्जाले उचालेछन्। दाई पनि हो न ह भन्दै डकुमेन्ट हालेछन्। बिचरा दाईले प्रकृयाहरु के के छन् पिआर पाउने त्यो चाँही बुज्न चाहेनन् वा बिदेश आउने रनामा सोध्न भ्याएनन्। केही समय पछि भिसा आयो। आफ्नो थाई जागीरलाई लात मार्दै आए अस्ट्रेलीया।

अब शुरु भयो दाईको अस्ट्रेलीयाको नयाँ श्रृँखला।कलेजको चटारो, कामको तनाब अनि साथीभाई सँगको दुखेसो।म यस्तो गर्थे नेपालमा,उस्तो गर्थे नेपालमा।अव दाईले भने बमोजिमको काम कसले दिने।अरु काम गर्न दाईको मनले नमान्ने।अव कामको लागि एप्लाई पनि नगरेका होईनन्। जहाँ पनि अनुभव खोज्छ।नेपालको अनुभवले शुरुमा नै कुनै कम्पनी लिई हाल्ने एकदम न्युन हुन्छ।बढो हतोत्षायी हुन थाले। नेपालबाट ल्याएको केही रकमले जेनतेन केही महिना त धान्यो।त्यस पछि जस्तो कामनी गर्छु भन्ने बिवस्तामा पुगे। काम गर्ने क्रममा कहिले चोट लाग्न थाल्यो कहिले एकोरिएर काम बिर्सने अनि साहुले गाली गर्ने हुन थाले।घर फर्किदा पुरै तनाबमा देखिन्थे दाई। एकदिन बाटामा जम्का भेट भयो।हैट भाई बेकारमा साथीको बहकाउमा लागेर आईएछ। पिआरको लागि भनेर पढ्न आएको बिषयपनि पिआर लिस्टबाट हटाउने हल्ला छ। पिआरको लागि चाहिने पोईन्ट्स पनि गार्हो बनाएको रहेछ।१२ सकेर पढ्न आएकाहरुको पोईन्ट्स बड्ने क्रममा हुन्छ भने हाम्रो घट्ने क्रममा रहेछ। आईएलटीएसमा कनि कुथी ओभरअल सात ल्याईएको थिएँ। अव यहाँ त आठ ल्याउन पर्ने रहेछ।यस्ता कुरा कसैले भन्दैनन्। कन्सल्टेन्सीलाई कसरी हुन्छ बिधार्थी भिषामा पठाउन पाए,कमिसन मजाले खान पाईने दाउ हुँदो रहेछ।राम्रो र उचित सल्लाह र सुझाव दिननै नखोज्ने।
अनि मैले भने- हो नी दाई उचीत सल्लाह र सुझावको अवाभमा धैरेले दुख भोगेका छन्।खाली मिठा आश्वासन र सपनाको भरमा हाम्फाल्छौ हामी पनि।अहिले ग्लोबलाईजेसनको जमाना छ,हात हातमा ईन्टरनेट छ, साथा भाईहरुसँग सल्लाह लिएर कदम चाल्नु भेको भए पनि हुन्थ्यो।म त सोझै अस्वीकार गर्थे तपाईलाई अस्ट्रेलीया आउन भनेर। बेकारमा त्यस्तो राम्रो काम, पैसा पनि ठिकै थियो।बरु लगानी बडाएर केही व्यापार गर्नु भएको भए पनि हुन्थ्यो।

उ त्यो मेरो साथी हातमा आएक पिआर छोडेर फर्क्यो नेपाल। यहाँ हुँदा रियल स्टेटमा काम थियो।खै उसलाई के ले अस्ट्रेलीया बस्न मन भएन।सधै भेटमा यहाँ त म केही दिनको पाहुना मात्र हो भन्थ्यो।अन्त्यमा आफ्नै देश फर्क्यो। अहिले यहाँको जस्तै रियल स्टेट खोलेर बसेको छ। कमाईको कुरा नगर्नु होस्।यहाँ उसले के कमाउँ थियो त्यसको डवल भन्दा बढि आफ्नै देशमा आरामसँग कमाई रहेको छ।त्यही हो तपाईसँग भएको पैसालाई कहाँ र कसरी उपयोग गर्ने अनि कहाँ लगानी गर्दा ठीक हुन्छ अहिलेको बजार अनुगमन गरेर बिचार पुर्याउनु भयो भने यहाँ कमाईने डलर आफ्नै माटोमा आरामले कमाईन्छ।

यत्तिकैमा दाईले गुनासो पोखे- बेकारमा आईएछ।साथीहरुको उक्साहटमा लागेर बिचल्लीमा पो परियो। अव फर्कि हालौनि कसरि फर्किनु। खाईस् ठुलो भाग खान गएको थिईस नि खुच्चीङ भन्नेहरु धेरै हुन्छन्।खुब घरको काम छोडेर डलर कमाउन गएको भनेर काखी बजाउने मात्र हुन्छन्। नजाम् कसरी टिक्नु यो ठाउँमा। म त सबैलाई भन्छु नआउनु होस अस्ट्रेलीया यदि ठुला सपना बुन्नु भएको छ भने त्यो पनि अरुको देखासिकी गरेर।बेकारमा मानसिक रोगी बन्न।

नेपालनै राम्रै ईलम छ भने बरु त्यही रमाउनुहोस।अझ बिशेष गरेर उमेर ढल्केकाहरु डाक्टर, ईन्जीनियर अनि प्रबन्दक र आफ्नै व्यापार चलाएकाहरु त जे छ त्यसमै रमाउनु होस्।बोरु त्यसैलाई कसरी हुन्छ मलजल गर्नु होस्।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349