अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आउनु भएका गीतकार देवल भण्डारीले आफ्ना दर्शक श्रोतामाझ “डार्लीङ” लिएर आउनु भएको छ। वरिस्ठ युवा गायक शिब परियारको स्वर रहेको डार्लीङको कम्पोज र एरेन्ज आशिष अबिरलको रहेको छ। एल्बम “स्वर्णीम सपना-२”मा समाबेश रहेको सो गीतको म्युजिक भिडीयोमा भिमफेदी गाईज र सुमी मोक्तानलाई देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माको छायाङ्कन, पवन सुस्लिङको सम्पादन,निर्मल लामाको निर्देशनमा बनेको डार्लीङलाई सुजना भण्डारीले निर्माण गरेकी हुन्।
डान्सिङ नम्बर “डार्लीङ” गीतकार देवल भण्डारीको दोश्रो प्रयास हो। यस अघि सर्माएर लजाएको बोलको गीत नेपाली साङ्गीतिक आकाशमा ल्याई सकेका छन्।
जो कोहीले पनि आफ्नो प्रेमीकाको बयान गर्दै गाउन सक्ने मायाँ प्रेमको भाब ब्यक्त गरिएको सो गीतको भिडीयो यस्तो रहेको छ।