eNepal

विदेशमा नर्सिङ पढ्न अब काउन्सिलको स्वीकृति अनिवार्य

नर्सिङ पढ्न विदेश जाने विद्यार्थीले नेपाल नर्सिङ काउन्सिलबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । विदेशमा नर्सिङ पढेर आएका विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी नियमन गर्ने उदेश्यले नेपाल सरकारले सचिवस्तरीय निर्णय गरी सो नियम लागू गरेको हो ।

विदेशमा नर्सिङ पढ्न जाँदा अध्ययन स्वीकृति लिनुपर्ने प्रावधान १८ फागुनमा बसेको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । विदेशमा अध्ययन गरेर आएका नर्सिङ विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट सर्टिफिकेट भेरिफिकेसन गर्नुपर्ने हुन्छ । विदेशमा अध्ययनको लागि जाने विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर समेत लिनुपर्ने हुन्छ ।

नयाँ बनेको यस प्रावधानबाट विदेश पढ्न जाने नर्सिङ विद्यार्थीले काउन्सिलबाट समेत अध्ययन स्वीकृति लिनुपर्ने हुन्छ । नर्सिङ विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी काउन्सिलले नियमन सुरु गर्ने काउन्सिलका अध्यक्ष गोमा निरौंलाले बताइन् ।

काउन्सिलले निर्धारण गरेका कलेज तथा युनिभर्सिटीमा मात्रै नर्सिङ अध्ययनका लागि जान पाउने अध्यक्ष निरौंलाले बताइन् । ‘यो विद्यार्थीको अध्ययन गुणस्तर निर्धारणको लागि हो,’ उनले भनिन् । विद्यार्थीले जुन पायो त्यही कलेजमा पढ्दा दुःख र रजिष्ट्रेसनमा समस्या नपाओस् भनेर कलेज निर्धारण र स्वीकृतिको प्रावधान ल्याएको अध्यक्ष निरौलाले जनाइन् ।
साभारः हाम्रो डाक्टर न्युज

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349