हिन्दु धर्मसँग सम्बन्धित विभिन्न शास्त्रमा मानिसले आफूले गरेका कर्म अनुसारको फल पाउने भनेर उल्लेख गरेको पाइन्छ । हिन्दु धर्मसँग सम्बन्धित गरुण पुराणमा नराम्रा काम गर्ने व्यक्ति नर्क जाने भनेर उल्लेख गरिएको छ । गरुड पुराणकै आधारमा हामीले यहाँ केही नराम्रा कामबारे उल्लेख गरेका छौं ।
स्त्रीको अस्मितासँग खेल्ने
स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नर्कमा जाने र त्यहाँ उसलाई कठोर दण्ड मिल्ने गरुड पुराणमा उल्लेख छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको पुराणमा उल्लेख छ ।
नवजात शिशुको हत्या
गरुड पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जानेछ भनेर उल्लेख गरिएको । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।
विश्वासघात
आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुड पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।
पूजास्थलको अपमान
पूजा भैरहेको स्थानमा नराम्रो काम गर्ने तथा पूजास्थलको अपमान गर्ने व्यक्तिलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुड पुराणमा उल्लेख छ । कुनै पनि धार्मिक काम भैरहेको स्थललाई अपमान महापाप भएको पुराणमा उल्लेख छ ।
पाहुनाको अपमान गर्ने
घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि मृत्यु पछि नर्कको बास हुने पुराणमा उल्लेख छ । गरुण पुराण भन्छ, ‘घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।’
अरुको खुसी भंग गर्ने
आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्ने व्यक्ति पनि मृत्युपछि नरकमा जाने गरुड पुराणमा उल्लेख छ । पुराणमा उल्लेख गरिएअनुसार अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।
गरिव तथा अपाङ्गलाई सहयोग नगर्ने
आवश्यक परेका बेला गरिव वा अपाङ्गहरुलाई सहयोग नगर्ने र उपेक्षा गर्नेहरु मृत्यु पछि नरकमा जाने गरुड पुराणमा उल्लेख छ । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने पुराणमा उल्लेख छ ।