eNepal

महान् वैज्ञानिक स्टेफन हकिन्सका यी ३० वाणी, जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ

मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’

वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर ।

शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन् । उनै महान बैज्ञानिकले विभिन्न सन्दर्भमा व्यक्त गरेका विचारहरु यहाँ उल्लेख गरिएको छ, जसले हाम्रो जीवन र दृष्टिलाई बदल्न सक्छ ।

१. स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।

२. जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।

३. कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

४. चाहे जीवन जतिसुकै मुश्किल लाग्छ, त्यसैले तपाइलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

५. पहिलो कुरा, सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।

६. यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

७. मलाई थाहा छैन । जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।

८. मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।

९. तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१०. यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

११. विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।

१२. हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

१३. हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।

१४. म चाहन्छु् कि न्यूक्लियर फ्युजन एक व्यवहारिक उर्जाको स्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।

१५. म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

१६. मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

१७. केही पनि छैन, जो सधैं रहन सक्दैन ।

१८. म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

१९. अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।’

२०. ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

२१. मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

२२. म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

२३. जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।

२४. शारीरिक रुपले विकलाङ्गहरुलाई मेरो सुझाव छ, ‘तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने स्प्रिटमा अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन

२५. पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ ।

२६. आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।

विना काम जिन्दगी खाली-खाली हुन्छ । तेस्रो कुरा त यदि तिमीहरुले जिन्दगीमा कहिले प्रेम अनुभव गर्यौ र त्यसबाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल ।

२७. मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।

अब सोच्नुहोस त! तपाई भित्र के कमि छ।।।।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349