eNepal

व्हा बाबु कस्तो रमाईलो देश (अस्ट्रेलीया घुम्न आएका बा आमाको कथा)

कामबाट पाँच दिन पछि बल्ल फुर्सद मिल्यो घर बस्ने अनि बिहानको वाल्क गर्न भनेर यसो घर नजीकैको पार्कमा गए। हुन त मेल्बोर्नको ग्लेनरोय मलाई ठ्याक्कै नेपाल जस्तै लाग्छ। यसो केही किन्न भनेर कोल्स छिर्यो त्यहाँ पनि नेपाली भेटीन्छन्। बाटो काट्नलाई कुर्यो नेपालीनै भेटीन्छन्। हिड्दा पनि बिचार पुर्याएर हिड्न पर्छ। जे पायो त्यहि बोलीयो भनेनि नेपालीनै सुनी रहेका हुन्छन् जस्तो लाग्छ। राती १०:१९ को ट्रेनमा चड्यो भने त आधा नेपाली यहि ग्लेनरोयमा झर्छन् त्यहि भएर मलाई खासै अस्ट्रेलीयामा छु जस्तो पनि लाग्दैन।
मेल्बोर्नमा जहाँ सम्म सबै भन्दा धेरै नेपाली बस्ने ठाउँपनि ग्लेनरोयनै हुनु पर्छ।

त्यतिकै बरालिदै पार्क पुगे। त्यहाँ बिहानको समयमा केही आमा बाहरु आएर बस्ने, गफ गर्ने गर्नु हुँदो रहेछ। एकप्रकारको छुट्टै माहौल हुँदो रहेछ। मलाई नि नेपाली बा आमा देखे पछि नजिक जान मन लाग्यो। ए बाबुनि नेपाली रहेछौ नयाँ हौ कि क्या हो भनेर एकजना बाले प्रश्न तेर्साउनु भयो। मैले होईन बा म आएको त अलिक लामै समय भयो। बाले प्वाक्क सोध्नु भयो अनि पिआर सिआर भयो कि नै। मैले भई सक्यो बा भनेर के सकेको थिएँ छेउमै भएकी आमाले अनि बच्चा बच्ची भए कि छैनन्। हेर्दा त बिहे गर्या जस्तै छौ भन्नु भयो। बिहे भयो र एउटी छोरी पनि छन् भने। अनि घर बनाईयो कि भाडामै बसिन्छ भनेर अर्का बाले सोधे। छैन बा बिस्तारै बनाउने नि किन हतार गर्न पर्यो र ऋण बोक्नलाई भन्दै हाँसेर टारीदिए।

एकजना आमा बडो रमाईलो मान्दै कस्तो गजबको देश रहेछ। बडो लोभ देखाएर जिन्दगी भरि डसी रहने रहेछ। घर किन्न लगाउने, गाडी किन्न लगाउने, ऋण जति पनि दिने अनि महिनै पिच्छे दोही रहने रहेछ। मैले केबल मुन्टो मात्र हल्लाए। केही बोलीन।

बिचरा हाम्रा छोरा बुहारी यहि घरको ऋण तिर्नलाई जोईपोईको समेत भेट हुन मुस्किल पर्ने रहेछ। एउटा बिहान सबेरै गएको साँझ आउँछ। बुहारी नर्स। कहिले रातीको ड्युटी पर्यो भने त छोरा बुहारीकै भेट उही मोबाईलमा मात्र हुँने रहिछ।

फेरी कति गजबको देश हो तिन बर्ष अगाडी छोरोको ग्रेजुएसन् के जाती टोपी भिषा भन्दा रहेछन्। त्यो बेला पनि आईएको थियो। त्यो बेला त घुम्दै ठिक भयो। त्यति धेरै नेपालीसँग भेटपनि भएन। अहिले चाँही नातीको मुख हेर्न भनेर आएको के जाती फेरी यसलाई चाँही तेल भिषा भन्दा रहेछन्। फेरी आउन जुरेको रहेछ।

आमा भन्दै थिईन लोभ देखाएर चुसी रहने कस्तो दिमाग भएको देश रहेछ। मुसुक्क हाँसे त्यहि भएर त अस्ट्रेलीया नि आमा।

आमाले प्वाक्क सोधीन् लौ भन त बा तिमीले कति पैसा कमायौ अनि कति चाँही नेपाल पठायौ। कति कमाईयो कमाईयो कुनै लेखाजोखानै छैन नि आमा। के पठाउनु र।त्यहि आउँदा लागेको ऋण र घरमा कहिले काँही खर्च। यहि त पुग्दैन कहिले काँही पैसाले।

पैसोको मुख देख्न नपाई के केले पैसा काटेर कहिलेकाही त माईनस भएर बसेको हुन्छ। मोबाईल भन्यो, मोर्गेज भन्यो, ईन्सुरेन्स भन्यो, वत्ती पानी ग्याँस भन्यो, गाडीलाई तेल भन्यो, ईभेन्ट पाटी भन्यो के भन्यो। पैसा कहाँबाट चुहिन्छ कुनै अतो पत्तो हुँदैन्। सोमबार भन्यो शुक्रबार आई सक्छ। आज पैसा आउने दिन भन्यो। पैसा खातामा आई सकेको हुँदैन ओभर ड्युका बिलले दिमागमा घण्टी बजाई सक्छ। अनि बिदेश भनेर के फुटानी लाउनु। उही भन्ने मात्र बिदेश हो। त्यहि हो खानलाई के खाने भनेर सोच्न पर्दैन। यतिको दुख गर्ने हो भने त नेपालमा मज्जाले कमाएका छन् है बाबु। उता काम गर्न लाज लाग्ने यता नलाग्ने भएर मात्र हो।

मलाई त्यो पार्कको करिब एकघण्टाको बसाई बढो रमाईलो लाग्यो। एक जना बुढी आमै पनि हुनु हुन्थ्यो। धन्नको देश रहेछ यो मर्ने बेलामा पनि बिदेश देख्न पाईयो। ठलो प्लेन चड्न पाईयो। समुन्द्र गँगाको दर्शन पाईयो भन्दै खुसी ब्यक्त गर्दै हुनु हुन्थ्यो। हामी त यहाँ करिब दश पन्ध्र जना भेट हुन्छौ। अस्ती ताका श्रीस्वस्थानीको किताब ल्याएर यहि पार्कमा बसेर पढ्थ्यौ। खब रमाईलो हुन्थ्यो।

त्यस्तैमा एकजना आमाको त्यो दिन नेपाल फर्किने दिन रहेछ। सबै जना आमा बाहरु बिधाई गर्न आउनु भएको रहेछ। फुलमाला अनि छोरा छोरीलाई भनेर होला उपहार पनि लिएर बिधाई गर्ने तर्खरमा हुनु हुनथ्यो। कस्तो रमाईलो लाग्यो त्यहाँको माहौल देखेर। साँच्चै आमा बालाई बिभीन्न भिषाको बहानामा बोलाएर आफन्तसँग नजिक बनाउन यो देशले खेलेको भुमीका प्रती गर्व लागेर आयो। जे जस्तो भए पनि आमा बाको मुखमा खुसी देखे अनि मनमनै भने व्हा अस्ट्रेलीया हुन त तैलै हामीबाट धेरै लिईस् तर फलस्वरुप मिठो हाँसो दिईस्, परिवारलाई भेटाउने पुल बनाईदिस् अनि सपनालाई पुरा गर्ने श्रोत जुटाई दिईस्। तैले के लिईस भनेर मलाई कुनै आत्मग्लानी छैन। आखिरी जति लिईस् त्यति दिएको पनि छस्। वस् यत्ति व्हा अस्ट्रेलीया।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal