eNepal

दुर्घटना हुनु अघि पाइलटलाई कन्ट्रोल रुमको चेतावनीः म फेरि भन्छु, त्यसो नगर्नुस्- सुन्नुहोस अडियो

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका २१ जना घाइते भएका छन् । एकजनाको अवस्था अज्ञात छ । विमान दुर्घटनाअघि कन्ट्रोल रुम र पाइलटबीच भएको सम्वाद सावर्जजिक भएको छ ।

यो सम्वादमा ‘जिरो-२’ र ‘२-जिरो’ मध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेबारे लामै कुराकानी भएको छ । तर, अन्तिममा कन्ट्रोल रुमले रन वे जिरो-२ मा अवतरण गर्नु अनुमति दिन्छ ।

पाइलटसँग सम्वाद टुट्नु अघि कन्ट्रोल रुमले चेतावनी दिन्छः बंगला स्टार-२११ । म फेरि भन्छु, त्यसो नगर्नुस् । तर, बंगलाका पाइलटले कुनै जवाफ दिँदैन ।

सम्वाद टुटेको झण्डै १२/१३ मिनेटपछि बल्ल कन्ट्रोलले थाहा पाउँछ- विमान दुर्घटना भइसकेछ ।

यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद

कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।

पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।

कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक -जहाज) त्यहाँ छ ।

… बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।

यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । -राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )

कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर

कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?

पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।

कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।

पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं ।

(केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।)

कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ ? कन्र्फम गर्नुस् ।

पाइटलः अहँ छैन ।

कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ?

पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।

कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।

पाइटलः रन वे जिरो टू

कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।

कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ?

आर्मी ५-३- हुन्छ ।

(कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)

कन्ट्रोल रुम- ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।

पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?

(केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)

कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।

कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !

त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।

दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वेको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लिमा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ ।

त्यसबीचमा कन्ट्रोललाई कसैले सोध्छ- यो कुन विमान हो ? जवाफ आउँछ- विमान बंगला ।

यसबीचमा होल्डमा रहेको विमान आर्मी ५-३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।

कन्ट्रोलले होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।

बंगला विमानको टावरसँग सम्वाद नभएको झण्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349