बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।
विमानमा रहेका १४ जनाको उद्धार गरिएको बताइएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।
अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् । विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ ।
अहिलेसम्म २० यात्रुको निधन भएको सूचना प्राप्त भएको छ । २० जनाको शब निकालिसकिएको विमानस्थल निकट उच्च स्रोतले दाबी गरेको छ । यात्रुमा ७१ जना सवार थिए ।
१३ जना नर्भिक, अरु केएमसी अस्पतालमा उपचार जारी छ । सह–चालकको भने निधन भएको छ । १४ जनाको उद्दार गरिएको छ । अरुको उद्धार जारी छ ।
विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
उद्दार गरी केएमसी पुर्याइएका मध्ये ८ को मृत्यु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्याइएको मध्ये ८ जनाको मृत्यु भएको छ।
चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू उपचार जारी छ। थप विवरण आउन बाँकी।