eNepal

ओई साथी बजारमा अस्ट्रेलीया आउनलाई भए नि बिवाह गर्ने लर्को चलेको छ रे नि

हस्याङ फस्याङ गर्दै रिकुटे कामबाट फर्किदै थियो। उसलाई एक्लै अस्ट्रेलीयाको जिवन बैराग लाग्दै गएको थियो। बाटामा हेर्थ्यो सबै नारीएर हिडेका, कोही हात समाउँदै हिडेका, कोही काँधमा टाउको टेको मार्दै हिडेका, कामबाट थकित भएर यसो मेल्बोर्नको रत्नपार्क यानिकी फेडरेसन स्कायरमा बिश्राम गर्न गयो, त्यहाँ पनि नेपाली जोडी। कोही सेभेन ईलेभनको कफी बोकेर घाम तापी रहेका जोडी, कोही मुखामुख गर्दै बढो गम्भीर भएर गफी रहेका जोडी त कोही भने घरबाट ल्याएको खाजा खाँदै बसेका जोडी।

रिकुटे बढो तनाबमा थियो। कस्तो बुद्दी बिग्रीएछ त्यो बेला बोरु एउटीलाई लिएर आउन पर्ने रहेछ। कति न गर्धन फुलाएर एक्लै आउने भईयो। दरो दुःख खेप्न पर्यो। सबै आफैले गर्न पर्ने। कलेजका साथीहरु भन्छन् अव घर गईन्छ, ढ्याक्क बुढीले पकाएकी हुन्छ मासु र भात खाने हो अनि मस्त सुत्ने हो।यस्तो सुन्दा आफु त डाडुमा पानी तताएरै मरौ जस्तो लाग्ने। के गर्नु गएर आफै जोतीनु पर्छ नत्र मुखमा माड लाग्दैन।

घरमा फोन गर्छ तात्तिएर आमा केटी खोज्दिनु पर्यो बिहे गर्न पर्यो। रिकुटेको कुरोले अचम्मीत पर्छ घरका बा र आमा। हैन छोरोलाई के भयो। छिटो खोज्न पर्यो हैन भने बुढो कन्यानै हुईने भयो। जसको नि जोडी देख्छु। बहिनी भनेकाहरु पनि धमाधम अस्ट्रेलीयन एनआरएनसँग बिहे गर्दै सुईकुच्चा ठोक्न थाले। यता पनि बिजोडी कोही छैनन्। यसो एक्लै देखेर बोल्यो। ट्रेन स्टेसनमा गाडी हुने गाडी लीएर, नहुने पनि ठिङ्ग उभिएर कुरी रहेका हुन्छन्। च्याप्प हात समाउँदै जान्छन्। आफु मोरो जिल्ल पर्यो लन्ठ्याङ लन्ठाङ्ग हिड्यो। कस्तो कर्मले धोखा दिएको जस्तो लाग्ने।

फेरी सबै नर्सिङ नर्सिङ भन्दै दौडिएका छन्। कोही छैनन् नर्सिङ पढेका यसो गाउँघर तिर।राम्रा पढेका अनि अङ्ग्रेजी पनि फटटट भएकाहरु। ल्याउन पाए पढाएर बोरु त्यताबाट चाँही पिआरनी पाईएला। आफुले त पढेकोबाट बिषयबाट पिआर पाउने एकादेशको कथा होला जस्तो छ।

छिटो गर्न पर्यो नत्र नेपालमा केटीहरुको अभाव होला जस्तै छन्। सबै नेपाल जाँदै केटी टिप्दै हिडेका छन्। आफुले मन परायो अनि फेशबुकमा हेर्यो, नालीबेली केलायो कोही रिलेसनसिपमा हुन्छन्, कोही ईङ्गेज्ड हुन्छन्। कोही बिहे गरेर भिषा कुरेर बसेका हुन्छन्। अव एकदुई बर्ष कुरेर बिहे गर्न तिर लाग्यो भने त दिदी र काकी उमेरका मात्र भेटीन्छन् जस्तो छ।

रिकुटेलाई बढो तनाब भयो, रात भर सुत्न सकेन। लौ जसरीनि बिहे गर्न पर्यो प्रेम बिवाह गर्नलाई केटीले बालै दिएनन् अव मागी बिहे गर्नलाई आफुले मन खाएका कोही हुँदैनन्। एउटै बाटो रह्यो अस्ट्रेलीया आउनलाई भएनि बिहे गर्छन कि लौ खरुक्क बुझ्नु पर्यो।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349