देशको बिध्यमान परिस्थीती, गरीबी, राजनैतिक अस्थिरता, बेरोजगारी अनि बिदेश मोहका कारण अत्यधिक मात्रामा बिदेश जानेहरुको सङ्ख्या पछिल्ला बर्षहरुमा ह्वात्तै बढेको पाईन्छ। नेपालीहरु बढि गरेर अमेरीका अस्ट्रेलीया, युरोप लगाएत जापान, कोरीया पढ्ने बहानामा पैसा मोहका कारण हाम फाल्ने गरेका हुन्छन्। सबैको सपना हुन्छ पढाईलाई निरन्तरता दिदै पैसा पनि कमाउँदै जाउँ र आफ्नो भविस्यलाई सबल र सुनिश्चित बनाउँ।
पछिल्ला दिनहरुलाई सर्सर्ती हेर्ने हो भने अस्ट्रेलीया बिधार्थीहरुको लागि प्रमुख गन्तव्य बन्दै आएको छ। ठुलो देश अत्याधुनिक सुबीधाहरुले सम्पन्न रास्ट्र र आर्थीक बृद्दीदर राम्रो रहेकै कारण शैक्षिक र आर्थीक स्त्तर पनि राम्रो बन्ने शोचका साथ अस्ट्रलीया हामफाल्नेहरु बड्दो रुपमा रहेको छ।
साथीहरुको कुरा,परिश्रम र मेहीनेत गरे मनग्य पैसा कमाईने अनि घण्टाको यति र उतीलाई नेपालमै बसेर कन्भर्ट गरेर फलानोले त हप्ताको यति र उती लाख कमाउँदो रहेछ, किन नजाने त्यस्तो कमाई हुन्छ भन्ने शोच बनाएर आउनेनै बढि हुन्छन्। कैयौले आफ्नो परिश्रम, मेहीनेत र लगनशिलताले कमाएका पनि छन् भने कैयौ मेहीनेत गर्दा गर्दै पनि बिभन्न कारणबश प्रगती गर्न नसकेर अत्यालिएका पनि छन्। सबैलाई तालुमा आलुनै फल्छ भन्ने चाँही छैन यो देशमा तर जिवनलाई सवल बनाउने सम्भावानाहरु चाँही प्रसस्तै छन्। यसको लागि केवल धैर्य र कडा परिश्रम गर्नै पर्छ। अस्ट्रेलीयामा पैसा चाँहि सजिलो ठाउँमा फलेको छैन। कित मिलीयनको लट्रीनै पर्न पर्यो या क्यासिनोमा खप्परनै चम्किनु पर्यो।
बिगतको तुलनामा अस्ट्रलीया आउनेको सङ्ख्या पनि बढि रहँदा काम सजिलै नपाईनै कोठा नपाईने अहिले प्रमुख रुपमा रहेका छन्। काम पाईने धेरै च्यानलबाट नै हो। अनलाईनमा एप्लाई गरेर पाउने चान्स निकै कमी छ। छ महिना अगाडी आएकी मोनिकाले गमट्री, सिक, ईन्डिडबाट कामको लागि यति एप्लाई गरिनन्। कतैबाट प्रतीक्रियानै नआएर गार खाई सकेकी थिईन्। नेपालबाट ल्याएको क्यास र ट्राभलचेक सबै सकिनै लागेको थियो। कतैबाट केही रेस्पोन्स नआएपछि उसको पिडा देखेर सँगै बस्ने दिदीले आफुले काम गरेको क्लिनिङ कम्पनीमा रेजुमे लगेर बुझाई दिईन्। भोली पल्टै अन्तर्बार्ताको लागि बोलायो अनि केही दिनमै काम सुरुवात गरिन्।
अस्ट्रेलीया आएर मात्रै हुँदैन। यहाँको बस्तुस्थितीको बारेमा थाहा पाउन पर्छ। साथीहरुको गफ अनि सेटल भई सकेकाहरुको जिवनशैलीलाई दाँझेर अन्धाधुन्धा आएर फुर्सदमा पछुताउनु भन्दा बोरु बुझेर आउँदा आफैलाई पछि सम्म भलो हुन सक्छ। सर्बप्रथम त यो बुझ्न पर्यो कि म श्रम भिषामा आएको होईन बिधार्थी भिषामा आएको छु।मैले यहाँको सरकारले तोकेको मापदण्ड भित्र रहेर काम गर्न पर्छ। हप्ताको बिस घण्टा मात्र काम गर्न पाईन्छ ट्याक्समा। हो यो कुरालाई बिचार गरेर आउँदा हुन्छ। प्रायले क्यासमा मस्त काम गर्नु पाउँछ। ट्याक्समा पनि दुई तिन तिर गरे हुन्छ केही हुन्न। हो यो सोचाई राख्न कदापी हुँदैन। हुने दिन जे पनि हुन्छ। यसबारेमा आफै सजग भएकोनै राम्रो हुन्छ।
डलरलाई नेपाली रुपयाँमा कन्भर्ट गरेर पनि एकहोरो नसोचौ। रामले हप्तामा पाँचसय कमाउँछ महिनाको दुई हजार कमाउँछ भने सिधै क्याल्कुलेटरमा दुईहजार ईन्टु ८२ जोडेर आम्मामा डेढ लाख कमाउँछ भन्ने शोच नराखौ। कमाएको मात्र देख्नेले खाएको बसेको, डुलेको, कलेजको फी जोहो गरेको पनि हेरौ अनि प्रश्न सोधौ ओई कसरि टिकी रहेको छस् हौ अस्ट्रेलीयामा।
आउने बित्तीकै काम पाईदैन, कामको लागि हिड्यो कति हिड्नु अल्छी लाग्छ, साथीहरु काम कलेज गएर थकित भएर घर आउँछन् आफु शोचमा परेर नानाभाँती कुरा मनमा खेलाएर बस्यो फ्रस्ट्रेसन र डिप्रेसनको शिकार भयो। काम खोज्दिनु भनेर परको नाता पर्ने सम्मलाई गुहार्यो। सबैले हुन्छ भयो भने खबर गर्छु भन्छन् आश्वासन दिन्छन् ।भनेका पनि हुन्छन् होला तर के गर्ने आफ्नै कम्पनी भए त ल भोलीबाट आईज भन्छन्। अरुको मुख ताकेर बस्नै पर्यो।
यता कामको लागि बुझ्दा बुझ्दै कलेजको पढाई दौडी रहेको हुन्छ। असाईनमेन्टको तनाब अनि परिक्षाको तयारी। आँखा झिमीक्क माल गायब भने जस्तो कलेजमा राम्रोसँग हाई हेल्लो भएको हुँदैन सेमेस्टर सकिन्छ। अर्को सेमेस्टरको लागि पैसा जुटाउने तनाब। घरमा आमाबाबा छोरा छोरी अस्ट्रेलीया गएका छन् खर्चको आश राख्छन्। त्यो अर्कै तनाब। आउँदाको अलिअली ऋण हुन्छ त्यो घटाउन पर्ने तनाब। अझै लङ डिस्टेन्स रिलेसनशिप छ भने सम्झाउन र बुझाउनको तनाब। एकछिन फोन नउठाँदा मोबाई अफ हुन्छ। अनि घण्टौ लगाएर फकाउनको तनाब। अलिकती आफु बटारिए अर्कैसँग सुईकुच्चा पो ठोक्लीकी भन्ने अर्को तनाब।
सबै कुरा बुझेर आउँदा सुन फलाउन सक्ने देश हो अस्ट्रेलीया। दुख गर्न सक्नेलाई सक्षम र योग्य बनाउने देश हो अस्ट्रेलीया। अरुको कुरा सुनेर, लहैलहैमा लागेर ए गए पछि त मोज हुन्छ, बिदेशी लाईफ जिईन्छ पैसो त टिप्ने हो भन्नेहरुको निल्नु न ओकल्नुको देश हो अस्ट्रेलीया।