eNepal

एक्लै नर्सिङ पढ्न अस्ट्रेलीया आउँदै हुनुहुन्छ, सोचेर मात्र आउनु होस्, पहिलो गाँसमै ढुङ्गा पर्ला नि

म नर्सीङ पढ्न अस्ट्रेलीया जाँदैछु, मेरो कलेजको सेमेस्टरको फि १७००० छ। म अहिले डिप्लोमा लिडीङ ब्याचलरमा जाँदै छु। डिप्लोमाको फि नेपालबाट तिरी सकेको छु। के मैले काम गरेर व्याच्लरको लागि कलेज फी जुटाउन सक्छु कि सक्दिन। फेरी म सिङ्गल आउँदैछु।

नर्सीङ पढ्न अस्ट्रेलीया जादै हुनु हुन्छ, एक चोटी पढ्नु होस्
अस्ट्रेलीया जान जति प्रक्रिया पुर्याउन गार्हो पर्छ त्यतिनै बढि शोच बिचार भोली हुन सक्ने कुराहरुको बारेमा बिचार, बिमर्श गरेर पाईला चाल्दा उचीत हुन्छ। भिषा लाग्नु वा उड्नु मात्र ठुलो कुरो होईन। भोली आई सके पछि आउने बाधा व्यबधानहरुको बारेमा बिचार गरेर हात हाल्दानै राम्रो हुन्छ।

अस्ट्रेलीया आउनेहरुको लागि अहिले नर्सीङ बिषय उत्कृष्ट बन्दै गएको छ। हुन पनि प्राबीधिक बिषय भएकोले यस प्रती सबैको झुकाब भएको हुन सक्छ। फेरी नेपालीहरु आउने अक्सर एकाउन्टीङ, आईटी, बिजीनेस आदिमा भन्दा यस बिषयबाट पिआर पाउन सजिलो हुने कारणले पनि सबै यस बिषयमै डिग्री हाँसील गर्न लालायीत भएको देखिन्छ।अन्यको भन्दा नर्सीङबाट दिईने इस्थाई बसोबासको कोटा पनि हरेक बर्ष अरुहरुको तुलनामा धेरैनै हुन्छ।
अब कुरो आयो के मैले एक्लै आएर नर्सीङ पढ्न सक्छु।

हो जति गफ लगाए पनि मिठा गफ दिए पनि तपाईले जुन नेपालमा फि तिरेर डिप्लोमा लिडीङ टु व्याच्लरमा आउँदा यदि एक बर्षको फि तिरेर आउनु भएको छ भने केही हद सम्म हलुका होला। सिधै व्याचलरमा आउनु भएको र एउटा सेमेस्टरको फि मात्र तिरेर आउन लाग्नु भएको छ भने, अर्को सेमेस्टरको फी जुटाउन हम्मे हम्मे नै पर्छ। किन भने तपाईको सेमेस्टर भनेको १२ देखी १५ हप्ताको हुन्छ। यहाँको पढाई पनि केही छिटो छ नेपालको तुलनामा। यसो कलेज गएर साथी बनाउन नपाउँदै परिक्षा आउँछ। अनि अर्को सेमेस्टरको पैसा जोहो गर्नको हतारो हुन्छ।

तपाईको कलेजनै हुन्छ तिन देखी चार दिन। बाँकी तिन दिन तपाई फ्रि भएर काम गर्नु हुन्छ। खान पर्यो, बस्न पर्यो, घुम्न पर्यो घर खर्च चलाउन पर्यो। फेरी थाहा छ कि छैन तपाईले फोर्ट नाईट यानिकी दुई हप्तामा मात्र चालीस घण्टा बैधानीक रुपले काम गर्न पाउनु हुन्छ। अव कतै क्यासमा भेटी हाल्नु भयो भने तपाईलाई केही थप सहयोग होला।

यदि कोही आफन्तहरु हुनु हुन्छ र ब्याक सपोर्ट छ भने गार्हो नहोला तर कसैको सहयोग बिना म गर्न सक्छु भन्नु भयो भने गार्है छ। यसको अर्थ के भने सकेको यहाँ जम्मा गरेर पुग नपुग नेपालबाट झिकाउने क्षमता हुन पर्छ यदि तपाई सिङ्गल आउनुभएको छ भने।

हामीले हौसाएका कदापी होईनौ, सिङ्गलको तुलनामा जोडी आउँदा भने धेरै राहत हुनसक्छ। आर्थीक देखी बिबीध कुरामा एक अर्काको सपोर्ट चाँही हुन्छ। फेरी भन्नु होला भए त ल्याउने नहुनेले के जो पायो त्यहि उठाउने हो र। यदि डिपेन्डेन्ट छ र भविस्य यानिकी करियर बनाउन एक अर्काको साथ दिने हो भने यसरि आउँदा पनि हुन्छ है मात्र भन्न खोजिएको अन्यथा नलिनु होला।

जिब्रो चबाएर बोल्न हुन्न यहाँ सिङ्गल नर्सीङ् पढ्न आएका कति बहिनीहरु फि तिर्न नसकेर सिवई क्यान्सील गर्दै बिजनेस मार्केटीङ आदि बिषयमा डिप्लो गर्न बाध्य भएका छन्। त्यस्तै कति त एक्लै खर्च धान्न नसकेर डिपेन्डेन्ट खोजेर बसेका घटना पनि नभएका होईनन्।

यस लेखको मुख्य आसय भनेको उच्च शिक्षा अध्ययन गर्नको अस्ट्रेलीया एकदम राम्रो देशहरु मध्य एक हो। पढाईका अलाबा काम गरेर पैसा पनि मज्जाले कमाईन सकिन्छ। तर बिधार्थी काल कटाउन भने गार्होनै हुन्छ यदि आफ्नो मुठी दरो छैन भने, यदि घरबाट सपोर्ट छैन भने। जान्छु भनेर मात्र हुँदैन अनि जान मात्र पाईयो भने के के नै गर्छु भनेर पनि हुँदैन। बुझेर आएको राम्रो। देख्दा भव्य देखे पनि त्यस्तो भव्य नहोला फेरी यथार्थमा तपाईको अस्ट्रेलीया यात्रा।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349