eNepal

एउटी नर्सको आत्मकथा

एउटी नर्स हुँ र केयर गर्दछु ।म स्वास्थको सुरक्षा गर्दछु, राम्रो बानी अवलम्बन गर्न पैरवी गर्दछु, सिकाँउदछु, उत्प्रेरित गर्दछु र हरेक दिन केही न केही अनि कोही न कोहीको जिवनमा परिवर्तन ल्याउने प्रयास गर्दछु ।मेरो यो नर्स क्यारियरका सिपहरु नर्स ट्यूटर हरु बाट जागृत भएको हो । यि बिरामी र सेवाग्राही बिना म नर्स हुन र कहलाउन सक्दिन, यस अर्थमा म तपाँइहरु सबैजनालाई घेट्न अनि सेवा गर्न पाएकोमा अत्यन्त गर्व गर्दछु ।

म तिनका लागि मुस्कानको कारण बन्न सक्दछु जसलाई बास्तवमै मुस्कानको खाचो छ, आशाको खाचो छ । बिरामीको जिवनलाई एउटा डाक्टरले भन्दा कैयन गुणा बढि मैले छुन सकेकी छु, एउटी नर्सले छुन सक्दछे भन्ने मलाई लाग्दछ ।कत्तिको जिवनको पहिलो श्वाँसको साक्षी बनेकी छु भने कत्तिको अन्तिम श्वाँसको प्रवाह मैले यिनै आँखा र हातले चाल पाएकी छु । कुनै पनि अस्पताल, स्वास्थ सस्था या हेरचाहकेन्द्रको मुटु भनेकै हामी नर्स हौं,कामका साथै कागजी झन्झट या अन्य प्रक्रिया पनि हाम्रा लागि उत्तिकै महत्व राख्दछ जुन तपाँईहरुले देख्नुहुन्न् । कहिले हामी आँफै शक्ति, उर्जा, निन्द्रा, आराम र पैसोको अभावमा पर्दछौं तर बिश्वास गनुहोस्,हामीले गर्ने सेवामा कुनै कमी हुन दिँदैनौं । म आज म लगात सम्पूर्ण अन्य नर्सहरु सहित राष्ट्रिय नर्सिग दिवस मनाउन जाँदैछु, आ आफ्ना ठाँउ अनि तप्का बाट ।कति मान्छेहरु सामान्य शारीरीक अफ्ठेरोको जाँच गराउन अस्पताल आँउदा ठूला रोगहरु देखापर्दछन् । एकफेर त्यस्तै भयो, एकजना यूवकलाई एक्कासी सामान्य जाँचकै क्रममा ब्रेन क्यान्सर देखापर्यो ।यस्ता धेरै बिरामीहरु संग जिवनको त्यस ओरालीमा प्रथम पटक बसेर सम्झाउने पनि म जस्तै नर्सहरु नै हुन्छन् । डाक्टर त केही बेर हेरेर निस्कन्छन्, हामी नर्सहरु संगै उनिहरु धेरै समय जिवनको गुहार माग्दै अनि अन्य जानकारीको खोजी गर्दै बस्दछन् ।कहिलेकाँही त म फोन नंबर पनि दिएर पठाइदिन्छु, केही समय त्यस नंबरवाट फोन आँउछ अनि केही महिनापछि आउन छाड्छ ।

रोगले लग्यो शायद, अब त्यो नंबर उठ्दैन अनि त्यसवाट कल पनि आँउदैन भनेर सोच्दा मन अमिलो हुन्छ ।समुदायमा पनि नर्सहरुको उपस्थितीले नै स्वास्थसेवामा टेवा पुर्याएको छ । नेपालमा स्वास्थसेवाले व्यबसाहिक कोल्टो धेरै फेरेको छ, नर्सको सेवालाई महिनाको केही हजारसंग तौलने घटिया काम भएको छ ।सेवा र उपस्थितीलाई केही हजारमा तौलनु राम्रो कुरा हैन्, नर्सको सेवाका लागि पैसा मात्र नभई गैरमौद्रीक उत्प्रेरणाका कुराहरुमा पनि ध्यान दिइन जरुरी छ ।अझ यस्तो संवेदनशील पेशाकर्मीलाई दिनरात इन्टर्नशीपका नाममा प्राईभेट अस्पतालमा निशुल्क घोटाउने कार्य झनै नराम्रो हो । नेपालमा स्वास्थ सेवामा बास्तवमै परिवर्तन ल्याउने हो भने नर्सहरुको सिप अनि सेवामा रुपान्तरण गर्न जरुरी छ ।कहिले सामुदायिक स्वास्थ सेवीका त कहिले अनमी अनि कहहिले सुढेनीका रुपमा नर्सहरुले नेपाली समाजमा ठूलो योगदान गरेकै छन् । घाउलाई औषधीले मात्र निको कहाँ पार्छ र ? माया अनि सदभाव पनि जरुरी छ ।केही नर्सहरु झर्कोफर्को मान्ने अनि नमिठो बोल्ने भएकाले सम्पूर्ण नर्सहरुलाई सराप्ने पनि गरिन्छ तर कोईलीले नै पनि लगातार गाइरहने हो भने स्वर त सुकीहाल्छ नि एकफेर ? हामी आफूभन्दा ठूलालाई दिदी भन्छौ अनि अस्पताल भित्रै एउटा परिवार बनाँउछौं ।बाजी ठोकेर भन्छु, नेपालमा कुनै पनि अस्पताल या सस्थामा नर्सहरुका लागि सहज संरचना छैन् । नर्सिगं टेबलमा लुकाई लुकाई बाहिरवाट मगाएको बासी चना र समोसा खाएर बिदेशी स्तरका अस्पताल भनाँउदाहरुमा सेवागर्ने स्वदेशी नर्सहरु छन् ।

बिदेश जान मात्र नर्स पढ्न मन छ भने बिदेश जानलाई अरु पनि पढाईहरु छन् । नर्स बन्न मन चाहिन्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349