eNepal

अस्ट्रेलिया आउँदा “बिहे गरेर मात्र जाउ, एक जनाले पढ अर्कोले कमाउ” सिधान्त लागु गरौं

यहाँ मैले ४ हप्ता बिताए ! ब्रीस्बेन, सिड्नि, मेल्बर्न घुमे ! धेरैसँग भेट भयो ! यहाँ मैले सामाजिक अड्चन सुरु भएको पाए ! एक्लो पढ्न आएकाले पढ्न्, फि तिर्न नसकेको, नकमाएको, राम्रोसँग बाच्न नसकेको, आउँदाको बाउको रिण नतिरेको भेटेको छु ! याबत कारणले गर्दा तिनिहरु लिभिङ टुगेदर भन्दै अबिबाहित जोडीसँग बसेको धेरै भेटियो ! नेपालमा बाउ आमालाई यो कुरा थाहा छैन !

पैसा तिर्न नसकेर PR वाला लेबनानी मुस्लिमहरुसँग हिंड्न बाध्य नेपाली केटीहरु पनि रहेछन ! यो क्रम बढ्दो छ ! सस्तो रक्सी अत्यधिक पिउनेहरु पनि उत्तिकै छन ! ब्यभिचार ब्याप्त छ ! ढुकुटी खेल्नेहरु अत्यधिक छन ! क्यासिनोमा पनि उत्तिकै देखिन्छन ! यसले सामाजिक बिचलन ल्याउछ ! यहाँ चर्चले नैतिकतामा डोर्याउने हो ! तर यहाँका चर्चहरु कोरियाको जस्तो जागृती मुलक छैनन ! कुल २० वटा जती मात्र नेपाली चर्च छन ! तर करीब एक हज्जार भन्दा बढी घरेलु सँगतीसुरु गर्नु जरुरी छ ! पढ्न आए पनि कामको निम्ती अदक्ष मानिन्छ !

साप्ताहिक २० घन्टे कामले खान, लाउन र बस्न रु १ लाख तिर्न धौधौ हुदो रहेछ ! फेरी पढ्न शुल्क तिर्नै पर्छ ! यहाँ बर्षको रु ३० लाख कमाउनै पर्छ ! नत्र विद्यार्थीले जिउन सक्दैन ! Job मिसन कमजोर छ ! रिस्की लाईफ ! नेपालमा झुपडीको जिन्दगी बिताएकाले यहाँ अत्यधिक कमाउदा सम्हली नसक्नु भएका र कुलतमा फसेका पनि छन !

यसले सामाजिक बिचलन ल्याउन सक्छ ! त्यसैले नेपालबाट अस्ट्रेलिया पठाउदा बिहे गरेर मात्र जाउ, एक जनाले पढ अर्कोले कमाउ सिधान्त लागु गर्नु जरुरी देखिन्छ !

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal