eNepal

अस्ट्रेलीया बसेर पनि रत्नपार्कमै मुमफली खाएर फोहर बनाएको बानी हटेन हाम्रो

रमाईलो गर्न हामी नेपालीले जति कसले जान्या हुन्छ र जस्तो लाग्छ कतै ईभेन्टमा गईयो भने। यति रमाईलो गरिन्छ कि सँगै कोठाबाट गएका साथीलाई सम्म चिनीदैन ईभेन्ट सकिदा सम्म। रमाईलोको बहानामा जाँड यति धोकिन्छ कि छेउमै बसेर रमाईलो गरि रहेकी बहिनीलाई छुन पुगीन्छ नाच्ने बहानामा होस् या अन्य मनसायका साथ। थाहा छ सेक्युरीटीले स्टेजमा जान दिई रहेको छैन र पनि कलाकारलाई नै तानौला झै गरेर हुन्छ कि कसैलाई उचाल्न लगाएर स्टेजमा पुगेर ठुलै पुरुषार्थको काम गरे जस्तो भान हुन्छ।

जाँड खाएर होहल्ला गर्यो भने सक्युरीटीले निकाल्छ र फेरी फर्कन पाईदैन र पनि मेरै गोरुको बार्ह टक्का झै जोडजोडले हल्ला गर्छौ। नाँच्दा सामान्य ठोकीएको हुन्छ। काँही नभाको नेपालीको खुन एकैचोटी तातीन्छ। हात हाना हान हुन्छ, मुख छोडाछोड सेक्युरीटी आईपुग्दा सम्म पुरै ईभेन्टको माहोल युद्द भुमीमै परिणत भई सकेको हुन्छ। त्यस पछि सेक्युरीटीले उचाल्दै भेन्युबाट निकाल्छ।

अहिलेको जमानामा गर्ल फ्रेन्ड कस्को पो नहोला र। सँगैका साथी जोडी बाँधेर नारिएर जान्छन्। नाँच्छन, पिउँछन् अनि झुम्म भएर नशाको नशा बढ्न थाले पछि एक्कैचोटी न्वारनको बल लगाएर हेड ब्याङ देखी सबै ब्याङ हुन्छ। छुस्छ आफ्नी प्रेमीलाई छुन्छ एउटाले। शुरु भयो फेरी फाईट। ग्याङ बनि हाल्छ। यो ग्याङ बनाउने मामलामा चाँही हामी नेपाली अगाडीनै छौ कि जस्तो पनि लाग्छ।

कुनै पनि आयोजकलाई कार्यक्रम सफल बनाउन फलामकै चिउरा चपाए भन्दा बढि मेहीनेत गर्न पर्ने हुन्छ। यसको फल ईभेन्ट हुने दिन सम्म पनि थाहा हुँदैन। मान्छे आउछन् कि आँदैनन् धर्मरको बिषय बन्छ। किनकी कुनै आयोजकले अग्रिम टिकटको लागि जानकारी दियो भने अहँ मरिगय टिकट काटिन्न तर ईभेन्टको दिन भेन्युमा आएर किचकिच, फलानोलाई भनेको थिएँ, चिलानोले बुक गर्यो भन्थ्यो त, मिलाई दिनु होस् न, दाईलाई यसो हेर्न पर्यो, बहिनीलाई यसो डिस्काउण्ट छैन। अझ टिकट छैन वा छिर्न मिलेन भने फलानो ईभेन्टले यस्तो गर्यो, उस्तो गर्यो भनेर भोली पल्ट सामाजिक सन्छालमा फैली सकेको हुन्छ।

जति ठुलो देशमा बसे नि, जति बिवेकशील बन्न टोपलीएनि नानी देखी लाग्या बानी कहाँ सजिलो हट्थ्यो र। हो त्यहि भएको हो सिड्नीको होली फेस्टीभलमा पनि। फोहोर गर्ने हामी अनि दोष आयोजकलाई दिने। खैरेले कुकुर डोर्याएर हिड्दा त कतै पार्कमा आची गर्यो भने प्लास्टीकको झोलामा हाल्छ र नजिकको बिनमा लगेर फाल्छ। यस्तो देख्दा देख्दै सुन्दर पार्कलाई पहिलाको रत्नपार्क सोचेर फोहोर बनाउने हामी अनि दोष चाँही आयोजकलाई।
रमाईलो गराउने आयोजकको काम हो अनि पुरानै अवस्थामा भेन्युलाई राख्न सबैको कर्तब्य हो। यसले त फाली ह्या म नि फाल्दिन्छु। उ त्यसले त क्यान फाल्यो ह्या म नि फाल्दिन्छु। हो यहि सोचको उपज हो। ह्या भन्ने बानीको उपज हो। “त्यसले त गर्यो म किन नगर्ने”हो हाम्रो कमजोरीनै त्यहि हो।

पहिलो कुरो यो देश हाम्रो होईन, यहाँको कानुनको परिधीमा रहेर बस्न पर्छ। हामी देश छोडेर बिदेश आए पनि हाम्रो शोच उहि नेपाली पाराकै छ। छ जनाको ट्रेनको सिटमा चार जना अन्य देशका कोही किताब, त कोही फोन, कोही चुपचाप बसि रहेका छन् भने हामी दुईले हल्ला गरेको पुरै ट्रेनको डव्वालाई थाहा हुन्छ।

अब जे भयो भयो बदनाम कसैको भएन सबै नेपालीको भयो। यसबाट पाठपो सिक्ने हो कि। ह्या भन्दा झ्या हुन्छ अनि झ्या भईन्जेलमा ढिला भई सक्छ। थाहा छ गर्नु हुन्न तर लाज पचाउँछौ, बुज पचाउँछौ अनि भोली आफैलाई सम्झेर लज्जाबोध गर्छौ। अब चाँहि मनैबाट सुध्रिने पो हो की।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349