eNepal

अस्ट्रेलीयामा बसेर पनि अरुको चियो चासो गर्न नछोड्ने भयौ है

करिब पाँच बर्ष भयो अस्ट्रेलीया आएको। सङ्गत धेरै अनुहारसँग गरियो। बहुसाँस्कृतिक रास्ट्र आएपछि प्राय सबै देशका साथी बने काम गर्ने शिलशिलामा होस् वा कलेज पढ्ने बहानामा होस्। ट्रेनमा एकैछिनको भलाकुसारीमा होस् या यसो रम्न विकेन्डमा पब जाँदा होस्। यतिको बर्षको दौरानमा चासो दिने हाम्रै नेपालीनै बढि भेटीए।

शुरुमा त नेपाली पनि नबोली आर यु नेपालीबाट बोल्न शुरु गरिएको हुन्छ। नालीबेली सोध्छन्। शुरुमै शोध्छन् काम पाउनु भयो। के काम, कति दिन्छ घण्टाको। कति घण्टा हान्नु हुन्छ। पढाईको कुरो निकाल्यो। के पढ्न आउनु भएको, फि कति छ, कहाँ पढ्नु हुन्छ।

कलेजमा हो भन्यो मुख खुम्च्याउँछन् कत्ति न आफु मोनास युनिभर्सिटीमै पढ्या जसरी। एक्लै हो कि सिङ्गलहो। डिपेन्डेन्ट छैन। साँच्चैको बिहे हो कि ख्याल ख्यालको। लभ परेरै गर्या हो की एता आउने बहानामा।

कति पैसा लाग्यो नि आउँदा। घरबाटै जोहो भयो कि ऋण माग्न पर्यो। कतिको पठाईन्छ नि पैसो नेपाल। दमो हाँनिदो रहेछ काम त। पैसो त मुरो कमाईयो होला नि।

अलिक केही समय पछि भेट भयो भने ओ हो गाडी नि किनीएछ। क्यासमै हानीयो कि लोनमा उठाईयो। गजबकै हानिएछ। अनि सबैको चासोको बिषय पिआर भयो त। हो र कसरि भयो। ला हो र किन भएन नि। अनि घर किन्नु भयो कि छैन। किन नकिन्नु भयोको त आएको यतिका बर्ष भयो।

बिहे भएको छैन भने किन बिहे नगरेको नि। उमेर ढल्की सक्यो त। लाग्छ कि आफ्नै मान्छे भिराउलान जसो। अनि बिहे भएको छ भने किन सुरसार नकसेको। ढिला भएन र। सँगैका साथीका छोरा छोरी स्कुल पढ्न जान थाली सके।

केटीलाई झन् तनाब । कामबाट ढिला आए नि किन ढिला आईस्। नआए कोसँग गईस्। थाकेको अनुहार लिएर ट्रेनमा बसे के के न गर्या जसरी हेर्छन् अरु कोही हैन हाम्रै नेपाली फेरी।

काम गरिस्। कस्तो काम गरिस्। काम गरिनस्। किन गरिनस्। सधै एउटै काम गरे नि अहिने सम्म यहि काममा झुन्डिरहेको। काममा फड्को मारे। व्वा दरो प्रगती गरिछस् त। कसरि पाईस् हौ। लौ न मलाई नि छिराईदेन। बैँकमा कति कुहाएर राख्छस् हौ पैसा। ले न यसो दाईहरुलाई।

हैन हौ हामी नेपालीलाई मात्र किन यति धेरै चासो र खुलदुली हुन्छ भन्या। पेट दुखेनी किन दुख्यो, पैसा कमाएनि कत्ति चासो, पिआर पाए नि नपाएनि किन चासो। घर किने नि नकिने कति तनाब अरुलाई। बिहे गरेनि नगरेनी कति चासो। छोरा छोरी पाए नि नपाएनि कति तनाब।

आएको बर्ष दिनदेखी काममा दुई चार जना खैरेसँग सङ्गत गरेको छु। कहिले काँही सोध न हौ मेरो बारेमा भनेर कुरा कोट्याउन खोज्छु। बालै दिदैनन् भन्या। चिएर्स माईट। ईन्जोय योर लाईफ। ह्याभ फन देखी केही भनेनन्। कस्तो अजिबको खुन परेछ मोरो खैरेको अरुको बालनै नदिने।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349