eNepal

अस्ट्रेलीया आएर सङ्घर्षसँग हार नमानेकी एक चेलीको बास्तबिक कथा

न म मेरा साथीको करले अस्ट्रेलीया होमीएकी हुँ न त घरको करकापले नै। यो मेरो नितान्त व्यक्तिगत निर्णय थियो। म भर्खर अठारौ बसन्त मात्रै टेक्दै थिए। धेरैले भन्थे तँ सानै छस्। तमा परिपक्वता आई सकेको छैन न शारिरीक रुपमा न मानसिक रुपमा। पसलमा दस रुपयाँको सामान किन्न जाँदा पनि आमा जाउँन भनेर आमाको फरिया समाउँदै जान्थे सायद आमाले फरियाको डोरो समाउने छोरीले बिदेश गएर के गर्छे र भन्ने सोचेर पनि भन्नु भयो होला। कतै जाँदा एक्लै नगएर भाईलाई च्यापेर जान्थे। सायद त्यहि देखेर पनि छरछिमेकीले केटा केटीनै सोचेको हुनु पर्छ।

मलाई थाहा थियो जिन्दगी सङ्घर्षको मैदान हो जहाँ हामी केही पाउन हरेक दिन सङ्घर्षै गर्नकै लागि जन्मेका हौँ। त्यो मैले मेरो घरबाट नै सिकेको थिएँ। आफैले भोगेको थिए। बाबाको उमेरले पचासवटा बसन्त छिचोल्दा सम्म बाबा हरेक दिन आउने समस्या र व्यबहार पन्साउन सङ्घर्षरत देख्दा जिन्दगीसँग हार्न नहुने रहेछ भनेर सानै उमेरमा मेरो मानसपटलमा गडि सकेको थियो।

केटा केटीनै छेस् एक्लै बिरानो देशमा गएर के गर्छेस्, वरको सिन्को पर सम्म नसार्नेले कसरि बिदेशमा काम गरेर गुजरा चलाँछेस्। फेरी तँलाई कठैबरा भन्ने न कोही हुन्छ न त ल आईज आज थाकिस् होला म पकाएर खुवाउँछु भन्ने नै। तर म यस्ता कुरामा कुनै समस्या देख्दिन थिएँ। आफु भलो त जगत भलो उखानलाई आत्मासाथ गर्दै अघि लम्केको छोरी थिएँ।

मिठो बोलेमा शत्रु त मित्रु बन्छन्। न चिनेका वा अपरिचीत मान्छे पनि बोल्दै गएमा आफ्नै हुन्छन् सबै भन्दा ठुलो आफ्नो थुतुनो हो भन्ने मैले बुझेको थिए। बिदेश जाँदैछ भन्दा कत्तिले मुख बटारे, कत्तिले जिब्रो निकालेका थिए त कत्तिको कैयौ महिना सम्म कुरा काट्ने बाटो भएको थियो। तर त्यसको पछाडी लागिन। एक मन गरेर आफ्नो हटमा डेग सरिन। भन्नेले त जे पनि भन्छन्। कोही केटासँग बोल्दैमा लै फलानीकी छोरी त पोईला जान लागि भन्न पनि पछि पर्दैनन्। समाजका यस्ता झिनामसिना कुरामा अल्झिएर बस्न चाहिन।

आफ्नो लक्ष्यलाई आत्मासाथ गर्दै लागे अस्ट्रेलीया। पढाई र कामलाई सँगसँगै लगे। कोठा आफुसँग मन मिल्ने साथीसँग सेयरिङ गरे। खर्च बराबर गर्यौ। घरमा आमा बाबा बुझ्ने भएकोले कहिलै तनाबको कुरा गर्नु भएन। बोरु खर्च के कस्तो छ पढाईलाई ध्यान दिनु भन्दै साहानुभुती दिनु हुन्थ्यो। पढ्दै काम गरेर घर खर्च मज्जाले पुर्याउँ थिएँ। त्यस्तै परे कलेजको फी पनि जोहो गर्थे। पुगेन भने साथीसँग मिलेर तिरो भरो गरेर कलेज फि पनि जुटाउँदै गएँ।

कलेज सकिने क्रममा थियो। पिआरको लागि पोईन्ट्स पुर्याउन पर्ने थियो। मैले डिग्री सकिदाँ मेरो बिषयको पढाईबाट पिआर पाउन केही जटिल जस्तै भई सकेको थियो। पैसट्ठी पोईन्ट्सबाट सत्तरी पोईन्टेस पुर्याई सकेको थियो। मेरो उमेर पनि पच्चिस पुग्न केही महिना मात्र पुग्दै थियो। किन कि पच्चिस बर्ष टेकेपछि ३० पोईन्ट्स पाईने थियो नत्र पच्चिस पोईन्टस मात्र पुग्थ्यो। पढाईबाट बिस पोईन्ट्स पाईन्थ्यो। आईएलटिएसमा बिस पोईन्ट्स ल्याउन पाए सत्तरी पोईन्ट्स पुग्थ्यो। तर नेपालमा कनिकुथी सात मात्र ल्याएको थिएँ।

आउँदैन कि भन्ने डर लाग्दै दिएको एउटामा आएन अनि त्यो बेला पिटीई पनि शुरुवात भई सकेको थियो। सबैले पिटीई दिई हेर भनेर सल्लाह दिए। एक चोटी दिउँ न त भनेर दिएको पहिलो पटकनै आठ आयो। त्यहि बेला NAATI को तयारी पनि गर्दै थिए। ९९ प्रतीसत चाँही फेल हुन्छन् रे भन्थे। परिक्षा गार्हो हुन्छ भन्थे तर आँट गरेर दिए। मेरो भाग्य भनौ वा मेरो किस्मत पहिलो चोटीमा नै पास भए। आफुले चाहेको पोईन्टस् पुग्यो। EOI हाले ।केही दिनमा नै Invitation आयो। सबै कागज जम्मा गरेर पिआरको लागी फर्म भरे। महिना दिनमानै पिआर आयो।

घरबाट आमा बुवालाई घुम्न बोलाएँ। आमाबाबुपनि छोरीको सफलता देखेर दङ्ग पर्नु भयो। त्यसको केही महिना दिनमै बैंकमा काम पाएँ। सबैले भन्थे कहाँ पाउनु र काम बैकमा अनुभव चाहिन्छ। तर आफुमा गर्न सक्छु भन्ने सकारत्मक शोच थियो। आबेदन दिएँ, अन्तर्बार्ताको लागि गएँ। ममा पुरा आत्मबिश्वास थियो कि मेरो यतिको बर्षको मेहीनेत, लगाब र दृडसँकल्प त्यसै खेर जान दिने छैन भन्ने। नभन्दै जागिर पाएँ एक प्रतिस्ठीत बैंकमा। हाल बैंकमा कार्यरत छु। छोटो समयमै आफुले शोचेको बाटोमा हिड्दै छु।

भन्नेले त के चाँही भनेनन्, कोहीसँग बोल्दैमा फलानो त ढिस्कानोसँगै बस्छे रे भन्दै नसुनाएका होईनन्, एक्लै आफ्नो जिन्दगीका हन्डरहरुसँग लड्दै गर्दा के को एक्लै बस्छे केटासँगै बस्छे रे भन्दै नसुनाएका होईनन्। बैकमा काम गर्छु गरेरै छाड्छु भन्दा मौन भाषामा नाप्छेस् भन्दै आँखा नसन्काएका पनि होईनन्। सिङ्गल छु भन्दा कसरी टिक्छौ र एक्लै यो परदेशमा भन्नेहरु पनि नभएका होईनन्।

एक्लै देखेर गिद्दे नजर नलाएका होईनन्। तर पनि केहीको परबाह नगरि आफ्नो गन्तब्यपथमा लम्कि रहे। अस्ट्रेलीया छे भनेर कुटुम्ब जोड्न रैलो नलागेका होईनन्। आफन्त देखी अमेरीका र क्यानडा सम्मकाको प्रस्ताब नआएको पनि होईन। तर सुन्थे अनि मुस्कुराएर टार्दै गएँ। अब आफ्नो खुट्टामा उभिन सक्ने भएको छु। अब चाँही बिबाहको बारेमा सोच्न थालेको छु यदि मलाई बुझ्ने र परिवार बुझ्ने कोही भेटीएमा पक्कै पनि सोच्नेछु।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal