eNepal

मृत छोराको वीर्यबाट राजश्री यसरी बनिन् हजुरआमा

दुई वर्ष पहिले क्यान्सरका कारण छोरा गुमाएकी एक आमाले उनलाई ‘पुनर्जीवित’ गरेकी छन् । पुणेकी ४९ वर्षीया शिक्षक राजश्री पाटिलले एक सेरोगेट आमाको मदतमा अविवाहित छोरा प्रथमेशको जुम्ल्याह बच्चा पाएकी हुन् ।

यो कुनै चमत्कार होइन, विज्ञानको कमाल हो । जसले एक आमाको अनुहारमा फेरि मुस्कान ल्याएको छ ।

प्रथमेशको जुम्ल्याह बच्चाको जन्म उनको शुक्राणुको मदतमा भएको हो, जुन उनको मृत्यु अघि सुरक्षित राखिएको थियो ।

प्रथमेश अध्ययनका लागि सन् २०१० मा जर्मनी गएका थिए । २०१३ मा ब्रेन ट्यूमर भयो, जुन खतरनाक स्तरमा पुगेको थियो । त्यसक्रममा उनको विर्य संरक्षण गरियो र त्यही प्रयोग गरेर ३५ वर्षीया सेरोगेट आमाले एक छोरा र एक छोरीलाई जन्म दिएकी छन्।

राजश्री पाटिलले भनेकी छन्, ‘मैले मेरो प्रथमेसलाई फेरि पाएँ । म आफ्नो छोरासँग निकै नजिक थिएँ । उनी राम्रो पढ्थे र जर्मनीमा इन्जिनियरिङमा मास्टर डिग्रीको पढाइ गरिरहेका थिए । त्यही क्रममा चौथो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरले केमोथेरापी सुरु गर्न अद्धि वीर्य संरक्षित गर्न आग्रह गर्‍यो ।’

प्रथमेसले आफ्नो मृत्युपछि आफ्नो वीर्यको नमूना प्रयोगका लागि आमा र बहिनालाई अधिकार दिएका थिए । राजश्रीलाई त्यसबेलासम्म थाहा थिएन कि यसको मदतले उनले ‘आफ्नो छोरा फिर्ता’ पाउँछन् ।

मृत प्रथमेसको संरक्षित वीर्यलाई एक गैर-पारिवारिक दाताको शुक्राणुसँग मेल गराइयो र एक आफन्तको गर्भमा राखियो ।

राजश्रीले दिवंगत छोराको संरक्षित वीर्य सेरोजेट पि्रग्नेन्सीमा प्रयोग गरिन् र १२ फेब्रुअरीमा बच्चा जन्मिएको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal