eNepal

नर्भिक अस्पतालले देब्रो खुट्टाको अपरेशनमा दाहिने खुट्टाको अपरेशन गरिएपछि

नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा देब्रो खुट्टा अपरेशन गर्नुपर्नेमा दाहिने खुट्टाको घुँडाको अपरेशन गरि ठूलो गल्ती गरेको छ ।

अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याए । ‘अहिले त हिँडेरै आएको छ । दुख्दा पनि दुखेको छैन भनेको पछि गाह्रो हुन्छ भने’ विन्दुका श्रीमान किशोर पौडेलले बताए।हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइ अपरेशन सुरु गरेका थिए ।

देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् । शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

साभार: न्युज२४

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349