eNepal

सुन्दरीको एउटा ट्वीटले एक खर्ब ७० अर्ब स्वाहाः भयो

सामाजिक सञ्जाल र सेलिब्रेटीहरुको शक्तिबारे कति बुझ्नु भएको छ ? तपाईँले कहिले सुन्नु भएको छैन होला कुनै एक सेलिब्रेटीले गरेको एउटा ट्विटबाट कुनै कम्पनीको अर्बौँ डलर डुबेको समाचार ।

तर यस्तै एउटा आश्चर्यजनक घटना अमेरिकामा भएको छ । एउटा टेलिभिजनको रियलिटी स्टार काइली जेनरले केबल एक ट्वीट गर्दा चर्चित प्रविधि कम्पनी स्न्यापच्याटको मातृ कम्पनीले १.३ अर्ब डलर (करिब एक खर्ब ७० अर्ब रुपैयाँ) गुमाउनुपरेको छ ।

समाचार अनुसार काइली जेनरले बिहीबार एउटा ट्विट गरेकी थिइन् । जसमा उनले लेखेकी थिइन्, ‘अब के मैले जस्तै अरु पनि स्न्याप च्याट प्रयोग गर्दैन कि केबल म मात्रै हुँ ?’ यो ट्विट उनका २.४५ करोड फलोअर्ससम्म पुगेपछि स्न्याप च्याटको दशा सुरु भयो । उनका फलोअरले पनि स्न्यापच्याट र यसको डिजाइनलाई लिएर आक्रोशपूर्ण ट्विट गर्न थाले ।

यसको असर यति डरलाग्दो देखियो कि स्न्यापच्याटको मातृ कम्पनी स्न्याप इन्कको सेयर बिहीबार केही मिनेटमै ८ प्रतिशतसम्म घट्न पुग्यो । यसले स्न्याप इन्कका लगानीकर्तालाई ठुलो झट्का दियो, उनीहरुले सेयर बजारबाट अर्बौ रुपैयाँ केही बेरमै गुमाए । यसका कारण केबल केही मिनेटमै कम्पनीले १.३ अर्ब डलर (करिब एक खर्ब ७० अर्ब रुपैयाँ) को नोक्सानी भोग्नु पर्‍यो ।

विश्वचर्चित स्न्यापच्याटको नयाँ डिजाइनलाई उसका प्रयोगकर्ताले मन पराइरहेका थिएनन् । यसको विरुद्ध १० लाख भन्दा धेरै मानिसले पीडित भएको भन्दै हस्ताक्षर नै संकलन गरेका थिए । यसमा उनीहरुले स्न्यापच्याटलाई नयाँ डिजाइन तत्काल फिर्ता लिन अपिल गरेका थिए ।

पहिलो ट्विटले झण्डै धरासायी भएको स्न्यापच्याटलाई राहत दिँदै केही सेकेन्डमै काइली जेनरले अर्को ट्विट पनि गरिन् । तर पहिलो ट्विटले नै स्न्याप च्याटका लगानीकर्ताको ढाड खुस्काइसकेको थियो । उनले दोस्रो ट्विटमा लेखिन्, ‘अझै पनि तिमीसँग माया बसेको छ स्न्याप, मेरो पहिलो माया ।’

काइली जेनरको पहिलो ट्विटपछि ८ प्रतिशतसम्म ओरालो लागेको स्न्यापच्याटको सेयर मूल्य दोस्रो ट्विटपछि केही सम्हालियो । दोस्रो ट्विटपछि वाल स्ट्रीटमा कम्पनीको सेयर ६ प्रतिशत ओरालो लागेर बन्द भयो । स्न्यापच्याटलाई पछिल्लो समय लगातार फेसबुकको इन्स्टाग्रामबाट कडा प्रतिस्पर्धा मिलिरहेको छ ।

यस्तोमा स्न्यापच्याटलाई अझै उत्कृष्ट बनाउन कम्पनी जुटेको छ । तर स्न्यापच्याटको नयाँ भर्सन उसका लागि आत्माघाती सरह भएको छ । किनकि काइली जस्तै लाखौँ प्रयोगकर्तालाई स्न्यापच्याटको नयाँ डिजाइन पटक्कै मन परेको छैन ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal