अक्सर धेरै नेपाली सायद माथीको बाक्याँशसँग नजिक हुनु हुन्छ होला। बेला बेलामा घ्यार्र घ्यार्र गर्ने फोनमा धेरैले सुनेको हुनु पर्छ। जब कुनै पनि कुरा आँखाले देखिन्न पाखुरीले गरिन्न सबै सहजनै लाग्छ। झन् आँखाले नदेखेको अनि नभोगेको अस्ट्रेलीयन जिन्दगी माथि कति सजिलै मनगण्न्ते कुरा गर्दै सपनामा डुबुल्की मार्दै भन्छन् है व्हा क्या मोज छ है।
म दिनरात नभनि काम गर्छु कलेजको फि जुटाउँछु सकेको घरमा खर्च जुटाउँछु। भाई बहिनीको रहर न हो पुरा गर्न यसो अलि अलि भएको क्यास खुत्रुकेमा जम्मा गरेर आफुले गर्न नसकेका चाहनाहरु पुरा गर्दिउँ भनेर उनको मन खिन्न नहोस् भनेर साथीभाईसँग तिरोभरो गरेर भएपनि एउटा फोन पठाई दिने सम्म कोशीस गर्छु तर छेउकी घर जोडीएकी काकीले फोन गरेर भन्छिन् ओ हो केटो तेरो त क्या मोज छ है भाई बहिनीलाई आईफोन पठाई दिए छस्।
छ डलर पर्ने बर्गर खानलाई छ पटक हङ्ग्री ज्याक्स अगाडी टोलाएर बस्छु अनि भोको पेटलाई एक्छिन सुम्सुम्साउँदै घर गएर केही खालास भनेर दौडीदै ट्रेन चड्न दौडिन्छु ताकि त्यो छ डलरमा एउटा चिकेन आउँछ र त्यसले मलाई तिन छाक पुग्छ। त्यहि छ डलर जम्मा गरेर आमालाई धोती किन्नु है भनेर यसो महिनौ पछि खर्च पठाउँछु।
आमा पनि छोरोको कमाईको पैसा हात परेपछि छेउकी कान्छी दिदीलाई लिएर किनमेल गर्न जान्छिन्। अनि दिदीले प्वाक्क बोल्छिन्। छोरो अस्ट्रेलीया गएको बुढी माउलाई क्या मोझ छ है।
आमाले पो पोहर आएर छोरा छोरीको दुख देखेकी थिईन् र थाहा भयो कत्तिको मोज छ कि छैन भन्ने ति बिचरा कान्छी दिदीलाई के थाहा कस्तो छ अस्ट्रेलीयन जिन्दगी। आमा मुसुक्क हाँस्छिन् अहँ कान्छी मोझनै छ।
आजकाल नेपालबाट कसैले फोन गरे पनि खासै उठाउन्न आफ्ना मान्छेले देखि बाहेक। देख्नु न सुन्नुको गाउँको बारे नानाभाती कुरा गर्दै भन्छन् व्हा तलाई त क्या मोज छ है।
पहिला त फोन गर्थिस् आजकाल त ठुलो भईस् एउटा फोनले सम्झिदैनस्। मोज गरेर बस्या होलास्। के थाहा मैले चलाउने फोन प्लानको हो र त्यो प्लानमा नेपाल फोन गर्न छुट्टै डलर तिर्न पर्छ। तर मेरो कमाईले त्यो फोनको आएको बिल तिर्न त गार्हो भएको बेला अव कता म बढि पैसा तिर्न सबैलाई सम्झदै बसौ। बस् मनमनै भन्छु हो मलाई बिदेशमा क्या मोज छ।
हिजो कामबाट थाकेर थकित शरिर लिएर घर जाँदै थिए। एकाएक फोन बज्यो फोन उठाउन मनै लागेन। चिनकै दाईले गरेका थिए। एक छिनमा म्यासेज आयो। खुब ठुलो भईछस् फोन पनि नउठाउने। डलर छापेको होलास् दिन पर्छ भनेर उठाईनस्। झनक्क रिस उठ्यो र मैलेनि रिप्लाई दिएँ। तिम्रो छोरोलाई पठाउ अनि थाहा हुन्छ कतिको मोज छ। पुल्पुलिएर पुर्खाको पैसामा मोज गरेर हिड्ने म तिमी अनि तिम्रो छोरो जस्तो परिन। मेहीनेत र दु:ख गरेको छु पसिना बगाएको छु अनि आफ्नै पैसामा मोज गरेको छु। छोरो पठाउँ अनि घुम्न आउँ बल्ल देख्छौ कत्तिको मोज छ।