eNepal

बर्थडे मनाउन होटलमा गए जोडी, प्रेमिकाले दिइन् जीवनभर नभुल्ने दर्दनाक ‘गिफ्ट’

आफ्नो बर्थडे मनाउन आफ्नी प्रेमिकालाई लिए होटलमा गएका एक युवक एक्कासी छाँगाबाट खसेझैं भए । उनले यस्तो होला भन्ने रत्तिभर पनि सोचेका थिएनन् । उनकी प्रेमिकाले होटलको कोठामै झुण्डिएर आत्महत्या गरेकी छिन् ।

ती युवती केही समय अघि मात्रै आफ्ना प्रेमीको जन्मदिन मनाउन त्यहाँ आएकी थिइन् । प्रेमी युवकले यस्तो होला भन्ने सपनामा पनि सोचेका थिएनन् ।प्रहरीले ती युवकलाई हिरासतमा लिएर सोधपुछ अगाडि बढाएको छ । भारतको हरियाणा राज्यको अंबाला शहरमा घटना भएको हो ।

होटल मालिकका अनुसार यो जोडीलाई उनले ‘आइडीप्रुफ’ लिएर कोठा दिएका थिए । लगभग २ घण्टापछि युवक आत्तिँदै चिच्याउँदै निस्केको देखेपछि उनीहरु त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा युवतीको मृत्यु भइसकेको थियो ।

यी दुवै कुरुक्षेत्रका भएको बताइएको छ । उनीहरु दुवै विवाह गर्न चाहन्थे । तर, युवकका परिवारले ती युवतीलाई स्वीकार नगरेको युवकले बताएका छन् ।तर उनले प्रेमिकाले किन आत्महत्या गरिन् भन्नेबारे केही बताउन सकेनन् । प्रहरीले बिवाहकै विषयमा दुईबीच विवाद हुँदा युवतीले यस्तो गरेको हुन सक्ने अनुमान गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349