eNepal

एमाले अध्यक्ष केपी ओली साट्ठठी दिनलाई प्रम पक्का, हतारको निर्णय निल्नु न ओकल्नुको हुने

दुई दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई अबको दुई महिना कसैले हल्लाउन सक्ने छैन । ओलीले अबको ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्ने छ । यो अवधिमा विश्सास लिन नसकेमा राष्ट्रपतिले धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् । त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि संसदमा ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ । यो अवस्था आएमा ओलीलाई चुनौती दिने अर्को कोही हुने छैन । कारण संसदमा एमाले सबैभन्दा ठूलो दल छ र यो दलको संसदीय दलको नेता केपी ओली नै । यो ३० दिनभित्र विश्वासको मत लिन नसकेमा भने प्रधानमन्त्री नियुक्तिको विषयले नयाँ कोर्ष लिनेछ । यसको अर्थ संघीय संसदको अर्को कुनै दलको सदस्यले मौका पाउनेछन् । र यो प्रक्रिया पनि फेल खाएमा भने तत्कालिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै ६ महिनाभित्र चुनाव गरिनेछ ।

प्रधानमन्त्री बन्न साह्रै हतारो
काँग्रेस सभापति शेरबहादर देउवाले बालुवाटारमा राजीनामा पत्र तयार पार्न पाउँदा नपाउँदै, नयाँ प्रधानमन्त्रीको नियुक्ति पत्र थाप्न शितल निवास पुगिसकेका थिए । बालुवाटारबाट टेलिभिजन मार्फत राजीनामा घोषणा गरेर देउवा शितल निवास पुग्दा ओली समूह त्यहीँ थियो । देउवाको राजीनामा पत्र हात पर्नासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले रेडिमेड नियुक्ति पत्र ओलीलाई थमाइदिइन् ।

त्यही हतारोको एउटा लतारो प्रमाण थियो, राष्ट्रपति कार्यालयले शुरुमा एक वर्षअघिको मिति राखेर ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको विज्ञप्ती दिनु । नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ मा, प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । त्यसैले दलको संसदीय दलको नेता समेत नबनीकन ओलीले प्रधानमन्त्रीको नियुक्तिपत्र बुझे ।

नियुक्ति पत्र गोजीमा हालेको केहीघण्टा पछि मात्र ओली एमाले संसदीय दलको नेतामा चयन भए । बाहिर देख्दा एमालेभित्र संसदीय दलको नेताका लागि दावी गर्ने कुनै उम्मेदवार थिएनन्। प्रधानमन्त्री नियुक्त नै भएपछि अरुले हिम्मत गर्ने सवाल पनि सकियो । ओलीलाई प्रधानमन्त्री बन्न मात्रै होइन, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीलाई पनि वेभसाइटमा प्रधानमन्त्रीको नाम फेर्न हतारो देखियो । ओलीले सपथ खानु ५ घण्टाअघि नै ओलीलाई सम्माननीय प्रधानमन्त्री भनेर राख्यो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal