eNepal

न्याभ कप क्रिकेटको फाईनल भोली हुँदै

१३ औं न्याभ कप क्रिकेटको फाईनल खेल भोली आईतबार १८ फ्रेबुअरी २०१८ का दिन बिहान नौ बजे TW Blake Park, 74 Gower street, प्रेस्टोनमा हुने भएको छ।

सेमीफाईनलमा ईस्टन ब्लुजलाई नौ रनको अन्तरले हराएको रोयल राईनोज क्रिकेट क्लब र गोरखाली क्रिकेट क्लबलाई चार रनले हराउँदै जित आफ्नो पोल्टामा पार्न सफल हिमालय ह्युरिकेन्सको बिच कडा प्रतीस्पर्दा हुने भएको छ।

यस प्रतीयोगीतामा मेल्बोर्नका नौ क्रिकेट क्लबहरु हिमालयन ह्युरिकेन्स, नारे किङ्ग, सगरमाथा टाईटन्स, सगरमाथा स्टार्स, रोयल राईनो क्रिकेट क्लब, सगरमाथा रेनीगेड्स, हिमालयन सट्रोम्स, गोरखाली क्रिकेट कल्ब र ईस्टन ब्लुजको सहभागीता रहेको थियो। एक्सपर्ट एजुकेसन् एण्ड भिषा सर्भिसेज, भिडीए फाईनन्स, नेप्ले ईभेन्टस्, साथी एजुकेसन एण्ड एड्भाईजर, काठमाण्डौ बुचर र नमस्ते रेमीट्यान्सको प्रायोजन रहेको यस प्रतीयोगीतालाई भिक्टोरीयन नेप्लीज क्रिकेट एसोसीएसन र सगरमाथा क्रिकेट क्लबको सधाझै सहयोग रहेको छ।

खेलकुदको प्रबर्धनमा निरन्तर लागि परेको न्याभले आगामी १४ अप्रिलबाट दोस्रो न्याभ बहुसाँस्कृतीक क्रिकेट प्रतीयोगीता आयोजना गर्ने भएको छ।

सबै खेलकुद प्रेमीहरुलाई भोली हुने फाईनल खेल अवलोकन गर्ने निम्तो दिदै न्याभ खेलकुद सबकमीटीका प्रमुख एवम् टुर्नामेन्टका कोअडीनेटर तारा गैरेले खेलाडीलाई हौसल्ला प्रदान गर्न उपस्थितीको निम्तो समेत दिनु भएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349