eNepal

देशकै उत्कृस्ठ उपमहानगरपालिका बन्यो धरान

धरान उपमहानगरपालिका देशभरका उपमहानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको छ ।

नगर विकास कोषले ऋणप्रवाह गरेका देशभरिका नगरमध्ये धरान उपमहानगरपालिका उत्कृष्ट उपमहानगरका रूपमा पुरस्कृत भएको हो । कोषको लगानीमा निर्माण भएका आयोजनाहरूको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै कोषको ३० औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धरान उपमहानगरलाई पुरस्कार प्रदान गरेका थिए ।

कोषले धरानसहित विराटनगर, भरतपुर महानगर, सिद्धार्थ नगरपालिकालाई समेत उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो । विराटनगरको बसपार्क निर्माणका लागि कोषले ८ करोड ४७ लाख रूपैयाँ र सडक क्षेत्रको विकास निर्माणका लागि पनि कूल लगानीको ११ प्रतिशत रकम लगानी गरेको छ ।

कोषको लगानीमा निर्माण भएका आयोजनाहरूको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै महानगर पुरस्कृत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए । आफ्नो कार्यकालमा पाएको यो उपलब्धिले काम गर्न अझै उत्साह थपेको उनले बताए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349