बलिउड फिल्म निर्माताले सन्नी लियोनीलाई अभिनय गराएर मोटो कमाई गर्दै आएको त सबैलाई थाहै छ । तर, यतिबेला अभिनेत्री सन्नीको फोटो प्रयोग गरेर एक कृषकले आफ्नो उब्जनी बढाउने खोजेको अनौठो खबर समेत आएको छ ।
भारतको आन्ध्र प्रदेशका एक किसानले आफ्नो खेतमा सन्नी लियोनीको ठूलो पोष्टर बनाएर राखेका छन् । उनले दावी गर्दै भनेका छन्, ‘यो पोष्टर राखेपछि मेरो खेती सप्रिन्छ । पशुपंक्षी सुरक्षित हुनेछन् ।’
एक अंग्रेजी न्युज साइटका अनुसार आन्ध्रप्रदेशका नेल्लोर जिल्लाका बाँदाकिदिपल्ली गाउँका किसान ए चेँचु रेड्डीले सन्नीले रातो रंगको विकिनीमा उभिएको फोटोलाई ठूलो तस्विर बनाएर राखेका हुन् । ती किसानका अनुसार राम्रो फसलमा धेरैको आँखा लाग्छ । आम मान्छेले खेतीमा आँखा नलगाउन् भन्नका लागि सन्नीको पोष्टर राखिएको हो ।