eNepal

कौन बनेगा करोडपतीको नेपाल सँस्करण छिट्टै एपीवानबाट प्रसारण हुँदै

एपी वान टेलिभिजनबाट अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘को बन्छ करोडपति’ आउने भएको छ । बेलायतको शो ‘हु वान्ट्स टु बि अ मिलियनेयर’को भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ हुँदै अब नेपाली संस्करण ‘को बन्छ करोडपति’ आउने एपी वान टेलिभिजनले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको छ । केबीसी नेपालकै पहिलो एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको सहप्रयोजमा आउन लागेको हो।

एसआरबीएन मिडिया चार जना युवाहरुद्धारा सिर्जित मिडिया गु्रप हो। जसले आ–आफ्नो क्षेत्रमा दक्षता हासिल गरी अहिले मिडिया क्षेत्रमा नयाँ ढगंबाट केही गर्नको लागि लागिपरेका छन्।

एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यले आउँदो जेठबाट केबिसी टेलिभिजनमा प्रसारण हुने जानकारी दिए।
कार्यक्रमको प्रस्तोताका रुपमा महानायक राजेश हमाललाई छनोट गरिएको छ। ग्रेट ब्रिटेनकै ढाँचा अनुसार रजिस्ट्रेसन खुलेपछि एसएमएस र आभीआरद्वारा छानिने र ती मध्ये १० जना फास्टेस्ट फिंगरकालागि चुनिने आयोजकले जनाएको छ।

चुनिएका १० जना कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गर्दछन् र ती मध्ये छिटो उत्तर मिलाउने भाग्यमानीले एक करोडको लागि खेल्न पाउँछन्। खेलको बीचमा उसको सहजताको लागि तीनवटा लाइफ लाइन– फीप्टी फीप्टी, अडियन्स पोल र फोन–अ–फ्रेण्ड हुन्छन जुनलाई कुनै अफ्ठेरो स्थितिमा उसले प्रयोग गर्न पाउँछ।

कार्यक्रमको तयारीका लागि मानिसले एप पनि डाउनलोड गरी त्यसमा भएका प्रश्नोत्तर अध्ययन गरी निश्चित प्वाइन्ट जितेपछि उत्कृष्ट उपहार जित्न सक्ने आयोजकले जनाए छन्। पत्रकार सम्मेलनमा महानायक राजेश हमाल, टेलिभिजनका प्रतिनिधि र आयोजकहरुको उपस्थिति रहेकाे आयोजकले जनाएको छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal