eNepal

गुल्मीमा महिलाद्वारा एक पुरुष बलात्कृत

तपाईले पुरुषबाट महिला बलात्कृत भएको समाचार त धेरै सुन्नु भएको होला। तर, महिलाद्वारा पुरुष बलात्कृत भएको घटना भने बिरलै सुन्नु भएको हुन सक्छ। यसतो घटना त्यो पनि नेपाल जस्तो पुरुषप्रधान देशमा त्यो त कसैले कल्पना सम्म पनि गर्न सक्दैन।

तर, केहि दिन पहिले यस्तै घटना नेपालमै घट्यो। सम्भवत नेपालमै पहिलो पटक एक महिलाले एक पुरुषलाई बलात्कारको प्रयास गरेको घटना पश्चिम नेपालको गुल्मीमा घटेको छ । यो घटना माघ १ गतेको हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेको छ ।

वडाध्यक्ष मानबहादुर कुँवरसंग सम्पर्क राख्दा उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । उनका अनुसार दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष हुन । ति पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ति मध्येकी एक महिलाले ति पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अध्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको ति पुरुषले बताएका छन् ।

वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा गम्भीर असर परेपछि उनलाईै जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराई रहेका छन् । स्थानियका अनुसार उनी एकदमै सोझा व्यक्ति हुन् । दुई वटी श्रीमति विवाह गरेर पनि उनले वास्ता नगरेपछि ति महिलाहरुले छाडेर भाई वुहारीहरुसंग वसेका छन् ।उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ । धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापासंग सम्पर्क राख्दा उनले त्यस्तो उजुरी परेको बताए ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal