eNepal

डेटीङ्को लागि लोकप्रीय ठाउँ जहाँ जान पैसा लाग्दैन

आजकाल जोडीलाई घुम्न जानको लागि कहाँ जाने सम्झिन पर्छ तर काठमाण्डौ र पोखरामा केही यस्ता रमणीय ठाउँहरु छन् जुन साँच्चैनै रमणिय र मनमोहक छन्।

रानीकोट
रानीकोट भक्तपुरको सूर्यविनायक चोकबाट करिब आठ किलोमिटरको दूरीमा पर्छ । सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम, घ्याम्पे डाँंडा हुँदै रानीकोट पुगिन्छ । काठमाडौं उपत्यकाको नजिकैको स्थान भए पनि यो भर्खर मात्रै डेटिङस्पटको रूपमा चर्चामा आएको हो । शान्त वातावरणमा आनन्दका साथ जोडीसँग समय बिताउन सकिन्छ । रानीकोट पुग्न बाइकबाट करिब एक घण्टामा पुगिन्छ ।

त्रिशुल डाँडा
भ्यालेन्टाइन दिवस मनाउन उपत्यका नजिकैको नयाँ स्थानको खोजीमा रहेकाहरूका लागि त्रिशुल डाँडा राम्रो विकल्प हुनसक्छ । सल्लाको रूखले घेरिएको यो ठाउँ रमाइलो छ । त्रिशुल डाँडामा भक्तपुरको चागुनारायण र नगरकोट जाने तेलकोटबाट पुग्न सकिन्छ । यहाँ हिँडेर, गाडी वा बाइकबाट जान सकिन्छ । त्रिशुल डाँडामा जान बाइकमा भक्तपुरको सल्लाघारीबाट १ घण्टा लाग्छ ।

चोभार
ललितपुरमा डेटिङस्पटको खोजीमा रहेकाहरूका लागि चोभारको चयन उत्तम हुन सक्छ । यहाँ जान ५० रुपैयाँ शुल्क लाग्छ । यो दक्षिणकाली जाने बाटोमा पर्छ । यो जोडीका लागि प्रेमिल समय बिताउने उत्तम स्थान हो । यहाँको वातावरण धेरै नै राम्रो छ ।

टौ दह
टौ दहको पोखरी वरिपरिको क्षेत्र पछिल्लो समय जोडीहरूका लागि लोकप्रिय बनेको छ । त्यहाँ जोडीका लागि बस्ने राम्रो व्यवस्था छ । यहाँ जान भने शुल्क लाग्छ । यो चोभारभन्दा अलि टाढा छ पर्छ । यहाँ जानका लागि दक्षिणकाली जाने बसमा चढेर जान सकिन्छ । आफ्नै साधन भए त झन् सजिलो ।

२२ धारा
काठमाडौंको बालाजुमा रहेको २२ धारा भ्यालेन्टाइन स्पटको रूपमा लोकप्रिय छ । यहाँ जान शुल्क लाग्छ । सहरी क्षेत्रमा रहे पनि यो क्षेत्र निक्कै शान्त छ ।

पोखराका डेटिङ स्पट
फेवाताल
फेवाताल प्रेमी जोडीका लागि सदावहार प्रिय स्थान हो । तालको बीचमा रहेको तालबाराही मन्दिर दर्शन गरेर डुंगामा तालको सयर गर्दै प्रेम सम्बन्ध बलियो बनाउनेहरूको हरेक वर्ष चहलपहल हुन्छ ।
तालको पारिपट्टि रहेको जंगल एकान्त प्रेमीको रोजाइमा पर्छ । चराको चिरबिरसँग प्रेमिल पल बिताउने जोडीहरू खुबै भेटिन्छन् यहाँ । डुंगामा सयर गरेर मस्ती गर्ने मात्र होइन, तालको डिलमा बसेर रमाउने पनि उत्तिकै भेटिन्छन् प्रेम दिवसमा ।

लभ्ली डाँडा
असली नाम त रातोमाटो डाँडा हो । तर प्रेम जोडीको चयनले यसको नाम नै लभ्ली भइसक्यो । फेवातालपारिको लभ्ली डाँडामा अन्य दिनमा समेत जोडी टुट्दैन । भ्यालेन्टाइनको दिन टुट्ने कुरै भएन । फेवातालको किनारबाट उकालो लागेपछि यो डाँडामा पुग्न सकिन्छ । पस्र्याङबाट त्यो डाँडोमा पुग्न सकिन्छ ।

बेगनास ताल
तालमा रमाउन मन पराउने तर त्यत्ति भीडभाड नरुचाउनेका लागि बेगनास ताल उत्तम विकल्प हो । पोखराबाट १५ किलोमिटर टाढा लेखनाथको यस तालले प्रेमजोडीलाई आकर्षित गर्दै आएको छ । शान्त, रमणीय र सुरक्षित स्थान भएको कारण धेरैको रोजाइमा पर्छ यो ताल । यहाँ डुंगा भाडामा लिएर प्रेमिकासँग घुम्नुको मज्जा अन्ततिर दाँज्नै सकिन्न । यहाँ काठमाडांै, पोखरा, तनहुँ, स्याङ्जा, बागलुङ र पर्वतका जिल्लाबाट समेत जोडी आउँछन् ।
यहाँ पुग्न सजिलै बस, ट्याक्सी पाउन सकिन्छ ।

विश्व शान्ति स्तुप
फेवातालको दक्षिण शिर अनदु डाँडाको मिन थुम्कीमा रहेको विश्व शान्ति स्तुप पनि डेटिङस्पटमा बदलिइसक्यो । यो स्थानमा टिएनएजको रोजाइमा पर्न गरेको छ । स्तुपबाट हिमाल मज्जाले देख्ने त छँदैछ पोखरा सहरको अवलोकन पनि गर्न सकिन्छ ।

डेभिड फल्स
पोखरा अनि डेभिड फल्स छुट्यो भने के मज्जा आउँछ र । पातले छाँगोसमेत भनिने यहाँ करिब एक सय मिटर गहिराइसम्म छाँगा खसेको छ । यो जेठदेखि असोजसम्म बढी आकर्षक देखिन्छ । यहाँ स्वदेशी तथा विदेशी जोडीको बाक्लै भीड लाग्छ ।

सराङकोट
साङकोट सूर्योदय हेर्नका लागि जति प्रख्यात छ प्रेम जोडीका लागि पनि त्यत्तिकै । डाँडामा होटल र रेष्टुरा पनि प्रशस्तै छन् । माछापुच्छ्रे, अन्नपूर्ण, हिमचुली, धौलागिरीलगायतका हिमालको सौन्दर्यमा रमेका जोडी खुब देखिन्छन् यहाँ ।

विन्ध्यवासिनी र भद्रकाली
धार्मिक स्वभावका जोडीका लागि विन्ध्यवासिनी मन्दिर छनोटमा पर्ने गरेको छ । एकताका मन्दिरमा डेटिङ आउने जोडीको हैरानीले विन्ध्यवासिनी धार्मिक विकास समितिले निश्चित समयमा बाहेक अघिपछि जोडीलाई मन्दिर परिसर प्रवेशमा कडाइसमेत गर्नुपरेको थियो । सम्बन्धको सफलताको कामनासँगै जोडीसँग रमाउन चाहनेका लागि मन्दिर राम्रै छनोट हुने गरेको छ । पोखरा लेखनाथ महानगरपालिकामा रहेको भद्रकाली मन्दिर पनि जोडीको रोजाइमा पर्ने गरेकोे छ ।

केआई सिंह पुल
पोखराको द्वीपमा रहेको केआई सिंह पुलको नामकरण राणाकालसँग जोडिन्छ । राणाकालमा राज्यबाट जोगिन केआई सिंहले यो स्थानबाट फड्को मारेर सेती नदी पार गरेको हुनाले पुलको नाम नै केआई सिंह पुल भएको थियो । यो पुलमा बसेर सेती नदीको आकर्षक गल्छी गल्छी हेर्न अहिले डेटिङ पोइन्ट बनेको छ । पुलको आडैमा सानो पार्क समेत भएकाले प्रेम साटासाट गर्ने राम्रो गन्तव्य बन्दै गएको छ ।

काहुँडाँडा
पोखरा बजारबाट करिब सात किलोमिटर टाढा रहेको काहुँ डाँडाको टुप्पोमा धरहरा छ । यहाँबाट सूर्योदय मज्जाले हेर्न पाइन्छ । यहाँबाट हिमाल छ्याङ्गै देखिन्छन् । प्रेमिल क्षण साटासाटसँगै हिमाल, सूर्योदय र पोखरा सहरलाई अवलोकन गर्न चाहनेको रोजाइमा पर्ने गरेको छ यो ।

सुन्दरी डाँडा
सात तालको सहरले चिनिएको लेखनाथका दुई ठूला बेगनास ताल र रूपमा ताललाई एकै ठाउँबाट बसेर रमणीय दृश्य हेर्न सकिने स्थल हो सुन्दरी डाँडा । पोखराबाट १२ किलोमिटर पूर्व बेगनासबाट २ किमी कच्ची सडक वा ४५ मिनेटको पैदलयात्राबाट ८ सय ५३ मिटर उचाइको सुन्दरी डाँडामा पुग्न सकिन्छ । पोखरबाट लोकल बस चल्छ यहाँ जानलाई ।

पावर हाउस
प्रेम जोडीहरूका लागि कुनै नौलो ठाउँ होइन फेवा पावर हाउस । बिरौटाबाट तल झरेपछि फुस्रे खोलाछेउमै छ पावर हाउस । यहाँ प्रेमी÷प्रेमिकासँग भरपुर मनोरञ्जन गर्न सकिन्छ । सहरबाट टाढा शान्त वातावरण भएकाले दिनभर प्रेमिल आनन्द लिएर बस्न पाइन्छ । भ्यालेनटाइनका बेला यहाँ जोडी उन्मुक्त भएर रमाइरहेका भेटिन्छन् ।

वसुन्धरा पार्क
नयाँ वर्ष, भ्यालेन्टाइन, क्रिसमसजस्ता दिनमा वसुन्धरा पार्क जोडीले भरिने गर्छ । फेवातालसँगै जोडिएकाले तालतिर फर्किएर बसेका प्रेम जोडीको संख्या बाक्लै हुन्छ । भ्यालेनटाइनका बेला यहाँ जोडीको संख्या बाक्लै हुन्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349