eNepal

हाम्रो ईभेन्ट्सका संचालक बिपीन बस्नेतसँगको भलाकुसारी

 

image

नाँचौ गाऔं रमाईलो साँझको तयारी तिव्र रुपमा भएको छ। यहि २२ मे का दिन मेल्बोर्नको ईस्टोनीया हाउसमा हुन गईरहेको यो कार्यक्रमको चहल पहल बढिरहेको छ। अक्सर हरेक हप्ता जसो हुने कार्यक्रमहरुमा हाम्रो ईभेन्टसले आयोजना गर्न लागेको यो कार्यक्रमको बारे सङ्क्षीप्त कुरा गर्दै हाम्रो ईभेन्टका आयोजक एवम् सन्चालक बिपीन बस्नेतसँग लिएको छोटो अन्तर्वार्ता

हाम्रो प्रश्न: तपाईहरुको तयारी कस्तो भईहेको छ आउने कार्यक्रमको लागि?
उत्तरः तयारी लगभग राम्रैसँग भएको छ।हरतरहले दिल ज्यान दिएर लागेका छौ, दर्शकलाई पुर्ण मनोरन्जन दिनुनै हाम्रो मुख्य लक्ष रहेकोले सक्दो दर्शकलाई खुसी बनाउने कोशीस रहने छ।

हाम्रो प्रश्न: कलाकारहरु को को ल्याउनु भएको छ?
उत्तर: यो कार्यक्रम मसलेदार कार्यक्रम बनाउने हाम्रो योजना अनुसार बरिस्ठ लोक गायक मीलन लामा, गायिका ज्योती मगर, नेपाली तारा २ का बिजयी एवम् पार्श्व गायक सन्तोस लामा, हाँस्य व्यङ्ग्य कलाकार राजा राजेन्द्र पोख्रेल अनि अहिले युवा जमातमा लोकप्रिय फिलीलीली गायक भनेर चिनीन्छन् काली प्रसाद बास्कोटालाई बोलाएका छौ।समग्रमा लोक,पप,दोहोरी अनि पार्श्व गीतको फ्युजन कार्यक्रम भन्न रचाउँछौ।

हाम्रो प्रश्न: कतिको आशाबादी हुनुहुन्छ कार्यक्रम सफल हुने मा?
उत्तरः हरेक किसीमका दर्शकहरुलाई मध्यनजर गरेर नै एउटा फरक शैलीका सङ्गीत पृश्ठभुमी भएका कलाकारलाई ल्याएका छौं।गएका कार्यक्रममा दर्शकहरुको उपस्थीति अनि सबै मेल्बोर्न बासीको सहयोगले पनि हामी पुर्ण रुपमा आशाबादी छौ।

हाम्रो प्रश्नःभावी योजनाहरु के के छन्?
उत्तरः यो कार्यक्रमले तय गर्छ अब भविस्यमा के गर्ने भनेर तर अब गीत कला सङ्गीतको जगेर्नामा हाम्रो ईभेन्ट्स सकृय भएर लाग्ने छ आगामी दीनमा अझ यसलाई परिस्कृत गरेर जाने योजना रहेको छ।

हाम्रो प्रश्नः अन्त्यमा केही भन्न चहानुहुन्छ आफ्ना दर्शकहरुलाई?
उत्तरःनेपाली गीत सङ्गीतलाई जसरी मायाँ गर्दै आउनु भएको छ त्यो क्रम हामीमा पनि जारी रहोस।सबैलाई यही मार्फत चुले निम्तो दिन चहान्छु। २२ मे ईस्टोनीया हाउस नाँचौ, गाऔ रमाईलो साँझमा आउनु होला रमाईलो गरौँला, रोधी जमाउँला नेपालको झल्को मेटाउँला।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal