मो:मोमा कति दम हुन्छ त्यो सायद नेपालीलाई बुझाई राख्नु नपर्ला। मो:मोको पावर कति सम्म हुन्छ त्यो मो:मो खानेलाई मात्र थाहा हुन्छ। भोक लाग्यो बजारमा गएर सहज रुपमा पाईने त्यहि मो:मो, गर्ल फ्रेन्डसँग डेटिङ गयो जोडीलाईनै मन पर्ने उही मो:मो, घरमा यसो रमाईलो गरौ न त के भन्दा मो:मो पाटी, केटाहरुको सितन उही मो:मो, होम डेलीभरी उही मो:मो। बुढो रिसायो उहि मो:मो, बुढी बट्टारिए उहि मो:मो।
हरेक दिन तपाई फेशबुक जस्तो ब्यापक सामाजिक सन्जालसँग जोडीनु भएको छ भने अस्ट्रलीयाको मेल्बोर्नमा बस्ने राजु साक्यका अक्सर हरेक पोस्टले मो:मोलाई सम्झाई रहेको हुन्छ। उनले कुनै पनि कुरालाई मो:मोसँग जोडी रहेका हुन्छन्। कारण यत्ति मात्र हो उनले मो:मोको पावरलाई नजिकबाट बुझे। मो:मोले पनि देशलाई चिनाउन सक्छ भन्ने कुरामा अडिग रहे।
अक्सर हामी मो:मो पकाउँछौ खान्छौ , किन्छौ खान्छौ तर राजु दाईले मो:मोलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन कम्मर कसेर लागि परेका छन्। बिदेशीले डम्पलिङ भन्ने मो:मोको बनाउने तरिका देखी खाने तरिकानै फरक छ। एउटा नेपालीले पन्द्र देखी पच्चिस तरिकाका मो:मो बनाउँछन् भने त्यससँग खानेः झोलपनि बिदेशी डम्पलिङ भन्दा धेरै फरक छ। सोया सससँग चोबेर खाने डम्पलिङको अगाडी मो:मोको सुप व्हा लेख्दै मुखमा पानी आयो।
मो:मो नेपाली परिकार हो र यसको महिमा अव मो:मो पाटी र साथी भाईसँगको जमघटमा मात्र सिमीत राख्न हुँदैन ,यसलाई अन्तरास्ट्रिय स्तरमा चिनाउनु पर्छ भनेर सोलाङ्चर ईभेन्ट्सले गएको साल देखी मो:मो फेस्टिबलनै आयोजना गर्न थालेको छ। गएको साल करिब पन्द्र हजार मानिसको सहभागिता रहेको यस फेस्टिभल यो बर्ष अझ बृहत बनाउन सोलाङ्चर लागि परेको छ।
२३ मार्च देखी २५ मार्च सम्म रहने मो:मो फेस्टिबलले पक्कै पनि यो बर्ष एउटा बेन्चमार्क बनाउँने छ। २३ मार्च साँझ ५ देखी १० सम्म मो:मो डिनरको साथमा चलचित्र , २४ मार्च मध्यान्न १२ देखी ९ सम्म मो:मो, सङ्गीत र अन्य जहाँ ३० भन्दा बढी परिकारका मो:मोको स्वाद चाख्न पाईनेछ भने २५ मार्च बिहान ११ देखी ५ बजे सम्म मो:मो ब्रन्च हुने भएको छ। त्यस्तै गरेर मो:मो मास्टर सेफको उपाधीको लागि पनि मेल्बोर्नका मो:मो डनहरुको कडा प्रतिस्पर्दा हुने देखिएको छ। कसले परम्परागत, सृजनात्मक मो:मो र हरामी अचार बनाउँछ उ मो:मो मास्टर सेफबाट सम्मानीत हुने अवसर पाउनेछ।
कोबर्ग भेलोड्रोममा आयोजना हुने एम फेस्टिभल मो:मो, गीत, सङ्गीत र नृत्यको समिश्रण सहितको बहुसँस्कृतीक कार्यक्रम हुनेछ जहाँ नेपाली र बिदेशी कलाकारको समेत सहभागीता हुनेछ।