eNepal

के बाँच्नु यो स्वार्थै स्वार्थको भिडमा

फ्यानको अंकुसेमा डोरी बानेर खाटमा बसे| के बाँच्नु यो स्वार्थै स्वार्थको भिडमा, कसैको पिडा बुझ्दिने फुर्सद कस्लाइपो छ र| कोही सुनिदिने भएपनी दुइचार सान्तोना दिने शब्दमै टार्दिन्छन्, चिन्ता लिनु हुन्न, सबै ठिक हुन्छ, आफुलाई सम्हाल्न सिक्नुपर्छ, दु:ख सबैलाई पर्छ आदी इत्यादी फलानो फलानो| कस्लाई के थाहा जिन्दगीको यो मोडमा छु कि यहाँबाट फर्कने हिम्मत छैन र अगी बड्न बाटो देख्दिन| अनी यो समाज, जहाँ मान्छे आफ्नो आङ्मा भैंसी चराएर अर्काको आङ्मा जुम्रा खोज्न सधैं तयार छन्, यस्ले यो गर्‍यो, त्यस्ले त्यो गर्‍यो, छ्या फलानोको छोरोले जिन्दगीमा फेल खायो, फलानोको छोरो पतन भयो| नयाँ जिन्दगी सुरु गर्न कस्ले पो दिन्छ र यहाँ|

फेरी सबैलाई मत्लब नगरौ पनि कसरी, हामी त समाजमा छर्छिमेकमा हुर्केका| यहाँ सफलता पैसा-पदमा तौलिन्छ, खुशीमा हैन| जबसम्म पैसा छ बाटमा हिंड्ने कुकुरपनि सेकुरिटी गार्ड बन्छ, पैसा नभए चोर सम्झेर भुक्न बेर लाउदैन|

यहाँ “say no to sucide” भनिन्छ “why sucide” हैन| ति काएर हरुलाई के थाहा सबै सपनाहरु तिलान्जली दिदै घांटिमा पासो लाउन कती मुस्किल छ| हो सकेसम्म त आफुलाई सम्हालेकै हुँ तर यो मरेपछी मायागर्ने संसार मेरो लागि होइन| (मोबाइलको घन्टी बज्यो आमाको फोन रहेछ)

हेल्लो मम्मी (फोन काटिदिए) आँखा आँसुले भरिए| एक गिलास पानी पियर मुख भिजाय घाटिबाट सम्झनाहरु सलल भित्र पसे| एक्छिन आँफै सोछे के गर्दैछु म, के सोचेर गर्दैछु, म जिन्दगीबाट हार खाँदै छु, यो हुन सक्दैन| भुइमा बजारियँ| यो समाजले के सोचोस् मलाई के को चासो, अहिले केही गर्न सकिन सबै पर छन, भोली सबै मलाई भेट्न लाइन बस्ने छन्| यो संसारमा एक्लै जन्मेको हुँ म र म आफ्नो सपनाको सिखरमा पुग्नलाई कसैको हात समाउन चाहान्न|

जन्मिदा पनि मैले के लिएर आको थिए र, मलाई कसैको केही चाहिदैन| जिन्दगीमा केही गर्नु पर्छ मैले, यो फिस्टे समाजलाई देखाउनु छ| मैले त सफल भएर आमाबाको आँखामा खुशीको आसुँ भर्नु छ, आफ्नो हत्या आँफै गरेर दु:खको आसुँ होइन| अरबौ शुक्राणुसँग लडेर, नौ महिना आमाको पेटमा हुर्केको यो अल्पायुमै मर्न होइन, मैले त आफ्नो सपना पुरा गर्न यमराज सँग लड्नु पर्छ| यदी मेरो जिन्दगीको यो क्ष्यणमा कोही मेरो साथ छ भने ठिकै छ नभए जङ्लमा बागपनि एक्लै हिंड्छ| फ्यानको डोरी फुकायँ| आँखाको आसुँ पुसेँ| आफ्नो अनुहार ऐनामा हेरेर कपाल मिलाउदै मुसुक्क मुस्कुरायँ| शायद आफुले आफुलाई आगिनको भन्दा अलिक बडी माया गर्न थालेछु|
डोटेल काजी
कुसल डोटेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349