सामाजीक सेवामा सक्रिय नेपाल झापा निवासी हाल मेल्वोर्नमा बस्दै आउनु भएका श्याम नेपाली उर्फ सुमन देउजाले केही दिन अगाडी झापा जिल्लाका बिक्की शाह जो साथीहरुसँग पौडी खेल्ने क्रममा झापा जिल्लाकै दोमुखामा घाईते हुनुभएको थियो। उहाँको अार्थीक श्रोत एक दम दयनिय भएको र उपचार खर्च जुटाउन एकदम गार्हो भएकोले अस्ट्रेलीयामा रहेका आफ्ना साथीहरुको सहयोगमा रु ६०००० जुटाउन पहल गर्नु भएको थियो।तर दुर्भाग्यको कुरा बिक्की साहलाई बचाउँन त सकिएन तर सो रकम वहाँको आफन्तहरुको हातमा हस्तान्तरण गरेको ई नेपाललाई बताउनु भएको छ।
घरको स्थीति एकदम भयावह र नाजुक रहेको र सो रकमले केही भएपनि घाउमा मलम लाउने काम गर्छ भन्दै सम्पुर्ण सहयोगी हातहरु बिशेष सिड्नीमा बस्ने आशिष ओलीलाई धन्यबाद दिनु भएको छ। श्याम नेपाली बि: डी फाउन्डेसन झापाका सँस्थापक पनि हुनु हुन्छ जसले बिगतका दिनहरुमा समाजमा उल्लेखनीय कामहरु गर्दै आएको छ। समाजीक कार्यमा अग्रसर श्याम नेपालीलाई ई नेपालको तर्फबाट धेरै धेरै धन्यबाद।