हिजोआज नेपाली चलचित्रले देश देखि विदेससम्म राम्रो बजार पाईरहेको छ | करोड क्लब अहिले हरेक चलचित्रको लागि सामान्य बन्दै छ | यो बर्ष प्रदर्शन गरिएका प्राय सबै चलचित्र दर्शकहरुको अपार माया पाउन सफल भयो | ति मध्ये बर्षको सुरुवातकै सर्वाधिक सफल चलचित्र हो ”म यस्तो गित गाउछु” | निर्माता, निर्देशक र नायक समेत रहेका सुदर्शन थापाद्वारा निर्मित यस चलचित्र रिलिज भयको लामो समयअवधि पश्च्यातपनि देश बिदेसमा बसोवासित दर्शकमाँझ आफ्नो स्थान जमाईरहेको छ |
पर्ल, पुजा अभिनित यस चलचित्र अस्ट्रेलियाको मेलबोर्नमापनि आगामी फेब्रुअरी चार तारिखका दिन आउने भएको छ | यस एवेंट्सको आयोजक येति फुटबल क्लब हो भने , एवेंट्समा ग्रेस इन्टरनेसनल एजुकेसन माईग्रेसनले मुख्य स्पोन्सरका रुपमा आफ्नो सक्रिय सहभागिता जनाएको छ | ‘द काठमांडू कटेज’, र ‘ओजि फैनंस’ ले समेत यस एवेंट्समा आफ्नो संग्लगनता जनाएको छ |
‘येति फूटबल क्लब’ ले हरेक बर्ष कुनै न कुनै माध्यमबाट आफ्नो क्लबको आर्थिक अवस्था मजबुत बनाइरहेको हुन्छ | यो भन्दा अगाडीपनि क्लबलाई आर्थिकरुपमा बलियो बनाउने हेतुले ‘नेपथ्य’ कन्सर्ट आयोजना गरेको यस क्लबले , यस पटक भने फरक ढंगले आफ्नो क्लबको आर्थिक पक्ष सबल बनाउने उद्देस्यका साथ दर्शकले औधि रुचाइएको चलचित्र ”म एस्तो गित गाउछु ” प्रदर्शन मिति जारी गरेको हो | यस चलचित्र प्रदर्सनको मुख्य उद्देस्य ‘क्लब फन्डरेइजिङ्’ रहेको छ |