आज म कुरा गर्न गईरहेको छु हाम्रो समाज अनि हाम्रो सोचको l समाज विकास हुनको लागि व्यक्तिले पहिला आफ्नो सोच बदल्नु जरुरि देखिछ l यदि तपाई भित्र नकारात्मक सोचको भण्डार छ भने तपाई कुनै पनि चिजमा सकारात्मक तरिकाले सोचनै सक्नुहुन्न l हरेक चिज अनि व्यक्ति बिशेसमा तपाई नकारात्मक टिका टिप्पणी गर्ने प्रयासमा लग्नुहुन्छ l सकारत्मक कुरालाई तपाई हरप्रयास नकारात्मक रुपमा ढल्ने प्रयासमा लाग्नुहुन्छ l जब तपाईमा नकारत्मक सोचको हाबी हुन्छ अनि तपाई ओरिपरिका सकारात्मक तत्वहरुलाई पनि नस्ट गर्ने प्रयासमा लाग्नुहुन्छ l तपाई अरु व्यक्तिको टिका टिप्पणीमा आफ्नो समय खेर फलिरहनु भएको हुन्छ l अरुको चालचलन, रहनसहन, सस्किर्ती आदिको टिका टिप्पणीमा समय फाल्नु तपाइको निजि जिबनको लागि त पक्कै पनि राम्रो कुरा होइन साथै समाजको लागि पनि l बरु यो समयको सधुपयोग गरेर केहि सिपमुलक काम गर्नु अथवा पठन पाठनमा समय दिनु व्यक्ति बिशेस अनि समाजको लागि पनि राम्रोकुरा हो l समयलाई चिन्ने कोसिस गरौ l खेर गएको समय फेरी फर्केर आउदैन l
अरुको निजि जिबनको टिका टिप्पणी गर्नु आजकल हाम्रो नेपाली समाजको सस्कृति जस्तै बन्दै गएको छ l तपाइलाई आफ्नो निजि जिबनमा के भनेरहेको छ भनेर नियल्नी समयको अभाव हुन्छ तर तपाई अरुको निजि जिबनमा के भैरहेको छ भने जान्न आतुर हुनुहुन्छ l अनि तपाईलाई म कसरि प्रगतिको बाटोमा लाग्ने भन्ने कुराले सताउदैन तर तपाई अरुको खुटा कसरि तान्न सकिछ भन्ने सोचले सताइरहन्छ l अरुको खुट्टा तान्न तपाई आतुर हुनुन्छ l गरिब देखि धनि सम्म अनि जनता देखि नेता सम्म यो हाम्रो देशको एक बिकराल समस्या हो l
यदि तपाईको जिबनमा पनि यस्ता सोचले जरा गाडेको छ भने आजैदेखि यो बदल्ने प्रयासमा गर्नुहोस l नकारात्मक सोचलाई सकरात्मक सोचमा परिवर्तन गर्न कोसिस गर्नुहोस l तपाइको नकारात्मक सोचले तपाइलाई त प्रत्यछ्य असर गरेको हुन्छ नै अप्रत्यछ्य समाजलाई पनि असर गरेको हुन्छ l तपाइको नकारात्मक सोचको असर अरु व्यक्तिमा पनि पर्न जान्छ l त्यसैले यदि तपाई अरुलाई प्रोसहन गर्न सक्नु हुदैन भने अरुको हौसलालाई पनि मर्ने कोसिस नगर्नु होस् l यदि तपाई कसैको घाउमा मलम पट्टि लगाउनतयार हुनुहुदैन भने तेही घाउमा नुन छर्न पनि तयार नहुनुहोस l तेही समय र परिस्थिति तपाईको जिबनमा घुमिफेरी नआउला भन्न पनि सकिदैन l यदि तपाई सबै जातजातिलाई मिलाएर लैजान सक्नुहुदैन भने धर्मको नाममा हिक्सा फैलाउने कोसिस पनि नगर्नुहोस l चाहे त्यो नेता होस् या जनता lयदि तपाई सत्ता हातमा लिएर देश विकास खाका कोर्न सक्नुहुन्न भने कुर्चीको मोह छडीदीनुहोस l जसले विकास गरेपनि देश हाम्रो हो अनि यहाँ बस्ने हामी नेपाली, यहाको सुख सुबिदाको उपयोग कर्ता पनि हामी अनि फेरी किन कुर्चीको मोह एति धेरै?निजि नाफा र नोक्सानको हिसाबकिताब छोडेर सिंगो राष्ट्रको हिसाबकिताबमा लग्नु पर्यो l तेसैले जनता देखि नेता सम्म अनि गरिब देखि धनि, सबैले सकारात्मक सोचको बिकास गर्नु जरुरि देखिन्छ l सुरुवात आजैबाट गरौ अनि आफै बाट गरौ l
पहिला आफ्नो सोच बदलौ समाज अनि देश आफै बदलिन्छ l