eNepal

छोरा छोरी अमेरीका र अस्ट्रेलीया छन् भनेर ढुक्क नबन्नु होस्

छोरा छोरीलाई बिदेश पठाईयो। अब डलर पनि पठाउँछन् अनि उनीहरुको जिन्दगी पनि बनाउँछन् भन्ने सोच राखेर ढुक्क भएर अभिभावकहरु नबसेकै बेश हुन्छ। दिनहुँ जसो मृत्युका खवरले मन भने पक्कै बेचैन भएको हुनु पर्छ। पढ्न पठाएकी छोरी आत्महत्या गर्न बिवश हुन्छे। कोही डिप्रेसनका शिकार भएर मर्ने र बाँच्नेको दोसाँधमा रुमली रहेका छन्। कोही पैसाको लागि आफ्नो ईज्जतलाई तराजुमा राख्न बाध्य भएका छन्।

छोरो कहाँ गयो? यत्रो गर्धन पसारेर अस्ट्रेलीया भन्न जति मज्जा आउँछ त्यति नै नमज्जा जब आउँछ जुन बेला उसको अप्रिय खबर सुनिएला। बिदेश उड्यो भन्दैमा डलर कमाउँछ अनि यति र उती, कति घण्टा काम गरिस् भनेर सोध्नको साटो के गर्दैछ काम, कस्तो छ काम, पर्याप्त मात्रामा सुत्छ कि सुत्दैन। साथीहरु कस्ता छन्। उसका साथीहरुसँग सम्पर्क गराउँछ गराउँदैन बुझ्न एकदम जरुरी रहेको छ।

कुन बिषय पढ्न भनेर गएको हो, त्यहि बिषयनै पढि रहेको छ कि छैन। कलेज फेर्यो कि छैन। यदि कलेज परिबर्तन गर्यो भने किन गर्यो। काम गरेर कति पैसा आउँछ अनि त्यसबाट पर्याप्त खर्च पुगेको छ कि छैन। कलेजको फी तिर्न भनेर ज्याननै बाजी मारेर कामपो गरेको छ कि अभिभाबकले बुझ्न एकदम जरुरी छ।

छोरा छोरीको भिषा कन्डिसन के छ। भिषा कहिले सकिदै छ। कलेज गएको छ कि छैन। घरमा कुरा गर्छन् गर्दैनन्। एकाएक परिबर्तन देखिदैछ भने किन हुँदैछ परिबर्तन। कतै घरबाट पैसा पठा की पठा भनेर तनाब पो दिई रहेको छौ की। उसको नजिकको साथीहरुको सम्पर्क नम्बर माग्ने। कहिले काँही सम्पर्क गरेर बुझ्ने। कुन ठाउँ गएका हुन् त्यहाँका समाजका अगुवाहरुको सम्पर्क ठेगाना माग्ने। आफ्नो छोरा छोरीको बारे जानकारी दिने। अभिभावकको जिम्मेवारी बोध गराउन एकदमै अनिबार्य छ।

काम गर्न सकि रहेका छन् या छैनन्। काम खोज्न कतिको जोश र जाँगर चलाउछन्। कस्तो प्रबृतीका छोरा छोरी छन्। लजालु जङ्का स्वभावका छन् भने कोही चिनेको व्यक्तिलाई आफ्नो छोरा छोरीको स्वभाबको बारे जानकारी दिने। काम खोज्दिन आग्रह गर्ने। काम गर्न अल्छी मानी रहेका छन् भने किन काम गर्न खोजी रहेका छैनन्। कतै लागु पदार्थको दुर्वेसनीमा फसेका छन् कि। यस्ता यावत कुराहरु पनि बेला बेलामा अभिभावकहरुले बिदेश पठाएका छोरा छोरीबाट बुझ्न एकदम जरुरी छ।

छोरा छोरी बिदेश उड्दैमा गएको भोली पल्टबाट पैसा कमाउन थाले भन्ने शोच कदापी राख्न हुन्न। बिस्तारै बिदेशी रहनसहनमा भिज्न समय लाग्छ। बसेको ठाउँ देखी पसलहरु कहाँ छन्, बाटो घाटो बुझ्न समय लाग्छ। कलेज साथी भाई देखी ट्रेनको समय तालिका लगाएत बिभीन्न कुराहरु बुझ्न समय लाग्छ। नेपालीको चाप धेरै छ तर काम पाउन एकदमै गार्हो छ। कित कसैले भनि दिएर काम तुरुनतै पाईन्छ कि त आफ्नै भाग्य बलियो हुन पर्छ समयमै काम पाउनको लागि। घरमा बसेर काम कदापी पाईदैन।अभिभावकहरुले सके सम्म सान्तावना दिन पर्छ।

ऋणमा डुबेर चर्को ब्याजमा पैसा लिएर अनि गएको भोली पल्टै ऋणको तनाब दिन बिल्कुलै आफ्नो छोरा छोरीलाई बिदेश नपठाउँ। सकिन्छ एक बर्ष सम्म पैसा बचाउने आशै नराख्दा हुन्छ। पैसा पठाउने तनाब नदिएकै बेश हुन्छ। त्यसैले छोरा छोरी बिदेश गए अब डलरको खेती गर्छन् भन्ने ठुलो भ्रममा नपरेको राम्रो। म त भन्छु छोरा छोरी अमेरीका र अस्ट्रेलीया गए भनेर कानमा तेल हालेर ढुक्क नबन्नु होस् कुनै दिन अरु कसैको अप्रिए समाचार सुन्दै गर्दा आफ्नो जिवनमा त्यस्तै घटना नघट्ला भन्न सकिन्न बेला बेलामा आफ्ना छोराछोरीको क्रियाकलाप सबै अभिभावकहरुले बुझ्न महत्वपुर्ण रहेको छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349