eNepal

नचाँउन अनि हँसाउन तक्मे बुडा मेल्बोर्न आउने

image

नाईन्टीन फाउन्टीन् युद्द लड्दा पाको मैले तक्मा भन्दै गुन्गुनाउँदै दर्शक श्रोतालाई पेट मीचि मीचि हँसाउने कलाकार सबैका प्रिय तक्मेबुडा उर्फ विल्सन बिक्रम राई अव तपाईहरुलाई हँसाउन अनि नचाउन आउनु हुँदैछ तपाईको शहर मेल्बोर्नमा आफ्नो चलचीत्र रातो घरको साथमा। रजटपट र टेलीभिजनमा आफ्नो छुट्टै छाप बनाउन सफल तक्मे बुढाको पृथक अभिनय दर्शकहरुले औधीनै मन पराउनु भएको छ। ईमान ईज्जत् र प्रेस्टीज् भाको अनि तक्मा लगाको भन्दै हँसाउने दौरानमा उहाँ अहिले अस्ट्रेलीयाको भ्रमणमा हुनुहुन्छ।

दर्शक आफ्नो लागि भगवान हुन भन्ने यी तक्मे बुढा दर्शकको मनोरन्जनकोलागि कुनै पनि कन्जुसायी नगर्ने भन्दै थुप्रै खुराक लिएर आएको बताउनु भएको छ।यहि ११ मे का बिगबेली रेस्टुरेन्टमा उहाँसँग भलाकुसारी गर्ने अनि नाँच्ने, हाँस्ने र फोटो खिच्ने कार्यक्रम रहेको नेप्ले ईभेन्ट्सका सन्चालक सन्जय साहले हामीलाई बताउनु भयो। गीत, सङ्गीत र कलालाई सधै मायाँ गरौं भन्दै कलाकारलाई हौसला प्रदान गर्न सबै मेल्बोर्नवासीहरुलाई तक्मे बुढाको चलचीत्र रातो घर हेर्न अनुरोध पनि गर्नु भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349