नेपाली गित संगीतमा कुनै बेला एक छत्र राज गर्न सफल हाम्रा आदरणीय व्यक्तित्व हुनुहुन्छ गायक राज सिग्देल | उहाँका कैयौं सुगम संगीतहरुले नेपाली गित संगीतलाई धेरैनै माथि उकासेको छ | उ जितेर गई या हारेर गई, यो माया हराएको शहर लगाएतका थुप्रै गीतहरुले दर्शकस्रोताहरुको मन जित्न सफल भएको छ |
हुन त कलाकारहरुको व्यस्तता मिडियामा पनि भर पर्छ भन्छन् | तरपनि खासै मिडियाप्रेमी नदेखिने राज सिग्देलको व्यस्तता भने झनै आकासिएको छ | देश देखि विदेशसम्मका दर्शकस्रोताहरुको रोजाईमा पर्न सफल यी गायक , देशभित्र मात्र नभई देश बाहिर रहेका दर्शकहरुमाझ समेत हिजोआज रमाईरहेका छन् |
यसै शिलसिलामा , अस्ट्रेलियाको विभिन्न शहरहरुमा आफ्नो गजल नाईट लिएर उपस्थित हुने क्रममा , मेलबोर्नमापनि उक्त कार्यक्रमको साथमा उनि उपस्थित हुने भएका छन् | आगामी सुक्रवार १९ तारिखका दिन थर्नबरि थिएटरमा हुन गईरहेको यस कार्यक्रम येबिसीडि अस्ट्रेलिया र एक्सपर्ट एजुकेसन यन्ड भिजा सर्भिसेसको सयुक्त प्रयासमा हुन लागेको हो | अन्य थुप्रै स्पोन्सरहरुले एस कार्यक्रमलाई आफ्नो साथ र समर्थन जनाउनु भएको छ | कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने बताईएको छ भने , कार्यक्रम शुल्क डलर ३५ रहेको छ |
कार्यक्रम हुने मिति , समय र स्थान संगै कार्यक्रम सम्बन्धि अन्य सम्पूर्ण जानकारी निम्न दियिएको छ ;
Date: Jan 19, Friday 6 pm
Venue: Thornbury Theatre
Ticket Price: 35$ (Including dinner)
Booking&Info.: 0430322898 /0420800432