eNepal

नेपाल आईडलका चर्चीत अनुहार सागर आले, सुरज थापा र केन्जल मेयर श्रेष्ठ मेल्बोर्न आउँदै

सबै भन्दा धेरै नेपालीहरुले रुचाईएको अन्तरास्ट्रीय रियालीटि शोको नेपाल सँस्करण नेपाल आईडलका धेरैले रुचाएका तिन प्रतीस्पर्धी सागर आले, सुरज थापा र केन्जल मेयर श्रेष्ठ आगामी २५ जनवरीका दिन हाम्रो ईभेन्ट्सले आयोजना गर्न लागेको नयाँ बर्ष २०१८लाई स्वागत गर्न Welcome २०अठार कार्यक्रममा सहभागी हुन मेल्बोर्न आउने भएका छन्। टिभीबाट प्रसारण हुने नेपाली कार्यक्रमहरु मध्य धेरैले अत्याधिक मात्रामा रुचाईएको नेपाली आईडलमा सबै भन्दा धेरै मन पराईएका यी तिन कलाकारहरुलाई मेल्बोर्नको क्राउन कम्प्लेक्समा एक भव्य कार्यक्रम बिच प्रत्यक्ष देख्न पाईने भएको छ।

नेपाली लोक भाका, सालै जो अनि आधुनिक पप र रकमा उस्तै दख्खल भएका सागर आलेको साथमा भर्सटाईल स्वर भएका सुरज थापा अनि स्टेज क्विन भनेर चिनिने केन्जल मेयर श्रेष्ठका बेजोड प्रस्तुतीको साथमा दुई स्थानिय कलाकारहरु Rock band “Journals” र र्यापर रुपेस श्रेष्ठको प्रस्तुती रहने छ।

नेपाल आईडल सकिएसँग बिभीन्न साङ्गितीक कार्यक्रमहरुको शिलशीलामा बिदेश भ्रमणमा रहेका अहिलेका व्यस्त नेपाल आईडलका यी तिन प्रतीस्पर्धीहरुले पर्थमा आफ्नो प्रस्तुती दिई सकेका छन्। दर्शकको उल्लेख्य उपस्थिती रहेका पर्थको कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिएका थिए।

हाम्रो ईभेन्सले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जन्म दिन बिशेष कार्यक्रमलाई बडवा दिएको छ। यदि कोही कसैको जन्मेको दिन जनवरी २५ र २६ मा छ भने उहाँहरुलाई निशुल्क प्रवेश र २५ डलर बरोबरको भौचर प्रदान गर्ने आयोजकले जनाएको छ। यसको लागि आफ्नो फोटो आईडी अनिबार्य रुपमा ल्याउनु पर्नेछ। टिकटको मुल्य प्रि सेल २५ डलर छ भने डोर सेल ३५ डलर राखिएको छ।

सिड्नीको लोकप्रीय साङ्गितीक व्याण्ड र्याड स्टुडियोको प्रत्यक्ष ईन्स्ट्रुमेन्टलमा आयोजना हुने Welcome २०अठारमा कार्यक्रम प्रस्तोताका रुपमा सिड्नीका बिराज सिङ खड्काले साथ दिदै छन् भने मेल्बोर्नका डिजे मिस्टाले माहोललाई आफ्नो म्युजिकको जादुले थप तताउने भएका छन्। कलाकारको साथमा फोटो खीच्न र भेटघाट गर्नका निम्ती २६ जनवरीका दिन तन्दुरी फ्युजनमा मिट एण्ड ग्रिटको कार्यक्रम समेत रहेको हाम्रो ईभेनट्सका डाईरेक्टर बिपीन बस्नेतले ईनपाललाई बताउनु भएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal