eNepal

शुक्रवारको त्यो रात अस्ट्रेलीयामा

शुक्रवारको दिन थियो, म काम बाट थकित भयेर आफ्नो खाटमा फेसबुक हेर्दै पल्टिरहेको थिए | दिनभरी काम गरेर होला शरीर लल्याक लुलुक भएको महसुस हुदै थियो | मोबाईल बन्द गरेर सुत्न खोज्दा घन्टी बज्यो | मेरो अत्यन्तै मिल्ने “माई डियर” अफ्रिकन साथी थिई | हामी एकदम मिल्छौ | उह कैले काई मलाई त कता बाट रे भन्दै जिस्काउछे | मैले म नेपाल बाट भनेसी हास्दै हेर्दा त इन्डियन जस्तो लुक्स छ भन्दै जिस्कौछे पनि | हाम्रो भाषा नबुजेनि उसलाई मैले ओए भनेको असाध्यै मन पर्छ | मैले ढिला नगरी फोन उठाएर भने ओए व्हाट्स अप ?

उसले कई नबोली कति बोरिङ्ग साथी बनायेछु | आज फ्राईडेको दिन नि सुतेर बसेको छ भन्दै फेरि सुरु भई | अझ थप्दै काम बाट नि घर घर भनेर कुत्छस | हैन के छ त्यस्तो घरमा तेरो ? मैले उसको भनाईको तात्पर्य बुजी हाले र भने ओके ओके लेट्स गो आउट !उसले खुसि हुदै क्लबिङ्ग प्लिज भनेसी मैले नाई भंनै सकिन | मैले सर्त राखे हुन्छ तर म चै ड्रिंक्स गर्दिननि नाच्छु मात्र | उसले मक्ख पर्दै मलाई झन् मज्जा तैले नाखायेसी केहि गरि मैले ओभर डोज लिगे भने नि नो वोरिज |

येति संवाद भएको लगभग दुई घण्टा पछि हामी मेलबोर्न सेन्ट्रल स्थित लायन्स क्लबमा पुगेउ | अरु दिन भन्दा निकै ढिला भयको थियो हामी जना त्यो दिन | तेसैले भनुम आर्टिस्टहरु स्टेजमा गाउन थालीसकेका थिय | म भित्र छिर्ने बित्तिकै स्टेज तिर लागे अनि उह चै ड्रिंक्स गर्नतिर लागि | पछि उह पनि ड्रिंक्स संगै स्टेजमा आई अनि हामी दुई जना मजाले नाचेउ | थकाई लागेको महसुस भयो | गर्मि पनि थियो , स्टेजम झन् भिड हुन लाग्यो | मैले सुटुक्क उसलाई अर्को तिर नि छ हामी तेता जाउ भने | हामी अर्को तिर गयेउ | दुइ जना मात्र नाच्दै थिय | म बाँयातिरको कुर्चीमा अडेस लगाउदै थिए | नाच्न पुगेकै थिएँन तर थकैईले उल्का गर्यो | केहि बेर पछि एकजना अग्लो, गोरे केटा राम्री केटि संग मेरो छेउ बाटै स्टेजमा गयो | केटा वैसाकी मा थियो | जिऊ ज्यान मिलेको हट्टा कट्टा थियो | केटि पनि केहि कुरामा पछाडी थिइन | हसिलो अनुहार, अनि मिलेको जिऊ |

म हेर्दै गए | अगि दुई जना मात्र भयको यो स्टेज अहिले भिड हुन लाग्यो | मेरो नजर अडिग भयो ती दुईमा | केटाले वैसाकी उचाल्दै मज्जाले नाच्यो | केटि पनि खुसि हुदै उह संगसंगै नाच्न थाली | सबै जना आफ्नो पारामा मस्त थिए म चै यो जोडीलाई नियाल्दैमा ब्यस्त भय | कौतुहलता जाग्यो | कस्तो मिलेको जोडी ? केहि समय पछि केटा मेरो नजिकैको अर्को कुर्चीमा आएर बस्यो | मैले परिचय गर्न थाले | अनि बिस्तारै भने , तिम्रो साथी कति राम्री अनि नाच्न नि यक्दम राम्रो नाच्ने | उसले मिठो मुस्कुराउदै भन्यो , उनि मेरी वाईफ़ हुन् यानिकी जीवन संगिनी | मैले जे सोचेको त्यो ठयाक्कै मिलिहाल्यो | अझ संवाद अगाडी बढाउने क्रममा मैले पुन अर्को प्रस्न गरे , यस्तो भिडभाड छ वैसाकीमा नाच्न अप्ठ्यारो हुन्न त | मान्छे निकै फरासिलो रैछ अनि जवाफ झन् दमदार ; मन म रहर र साहस हुनु पर्छ जस्तै अप्ठ्यारो काम नि सजिलै पुरा हुन्छ | उह बोल्दै गयो अनि म सुन्दै | उसको श्रीमति साथीहरुसंग नाच्न थाली | अकस्मात उसले आफ्नो श्रीमतीको वर्णन गर्न थाल्यो | असाध्यै मायालु छ | मेरो यकदम कियर गर्छ | म झर्किदानि हाँसीमात्र रहन्छ | अंग्रेजी भाषामा भन्यो; आई थिङ्क सी इज दि येक्जाम्पल अफ पर्फेक्ट वोमन.

उसको कुरातिर म यकदम आकर्षित भय | उह बोल्दै गयो, म सुन्दै | उसको श्रीमती हेर्दा निकै योङ्ग देखिन्थि | उसले आफ्नो भेटघाटको कहानी पनि सुरु गर्यो | नाम अलि उच्चारण गर्न गार्हो थियो तर जे होस् घुम्न जाने क्रममा उनीहरुको परिचय भएको थियो यक अर्का संग | उक्त परिचयले एउटा कसिलो सम्वन्ध जोडेको रैछ | कुरा थप्दै उसले भन्यो मेरो सानो दुर्घटना भयको लगभग तिन महिना भयो | पहिला म र मेरो श्रीमती अत्यधिक क्लब जान्थेऊ | उनि रमाइलो गर्नु पर्ने यकदम फन लभिङ्ग छिन | तर पछिलो तिन महिना देखि मेरो कारणले गर्दा उनि पनि क्लबिङ्ग आउन पायकि छैनन् | भोलि हामी भेटेको चार वर्ष पुग्छ त्यसैले उनलाई नभनी आज मैलेनाई क्लब लेर आएको | छेउमा नाचिरहेको आफ्नो श्रीमतीलाई हेर्दै उसले भन्यो, उनको यो मुस्कानको लागी म हरेक कुरा गर्न सक्छु |

यस्तो मिठो बाणी सुनेर मनमा आनन्द फिल भयो | धेरै कुरा भईसकेकाले नहीचकिचाई सोधे ? तिमि र श्रीमतीको एज ग्याप नि भन्न मिल्छ ? उसले जोडले हास्दै भन्यो , टेक इट ईजि . था पाए उनीहरु बीच लगभग एघार वर्षको उमेरको भिन्नता रहेछ |
उह पुन स्टेजमा नाच्न गयो | मेरो नाच्ने मोड नै हरायो | आँखा केवल त्यतै गयो | कति प्रगाढ त्यो माया | नत उमेरले फरक पार्यो नत साना ठुला उल्झनहरुले | उनीहरको दमदार नृत्य फेरि सुरुभयो | उसले दुइटई वैसाकी तेर्सायो अनि उसकी श्रीमती दुई बैसाखीको बिचमा गएर नाच्न थाली | आहा ! यो पोत माया अनि यस्तो पोत सम्बन्ध |

उनीहरुको खुसीमा मेरो मन भुल्यो | बुज्ने बेला देखि सुनेको मुनामदन र रोमियो जुलियेटको कहानी बास्तवमा कस्तो हुन्छ होला जस्तो लाग्थ्यो | ती दुईलैइ देख्दा मुनामदन र रोमियो जुलियेट दुबईको प्रेम कहानी बुज्न अनि महसुश गर्ने सके मैले | साएद जीवनकै अविस्मरनिय शुक्रवार हो मेरो लागि यो | अब जिन्दगीका हरेक मोडमा मायाको परिभाषा मेरो लागि यी मुनामदन नै हुनेछन |

मनमा रमाइलो भावनाहरू उब्जन थाल्यो | मेरो मनले पनि कसैलाई सम्झियो हल्का लाजाउदै अनि धेरै खुसि हुदै | माया त हो , नत उमेर हुन्छ , नत आयु , नत कुनै जात, धर्म अनि नत कुनै रुप रंग| येस्तै सोच्दै गर्दा मेरो साथीलाई नभन्दै ओभर डोजनै भैसकेछ | समय गयको पत्तै भयन | हतारिदै म उसलाई लिएर घर तर्फ़ लागे |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349