eNepal

भो म अकालमा मर्न अस्ट्रेलीया जान्न

सिता निम्न बर्गीय परिवारमा हुर्किएकी आमा बाबाकी एक मात्र छोरी। आफुले जति दुख गरेर भए पनि छोरीलाई कुनै कुराबाट बन्चित थिएन। राम्रै स्कुलबाट एसएलसी सकिन् त्यो पनि उत्कृस्ट नम्बर लिएर। उनलाई साईन्सबाट प्लस टु सक्ने रहर जाग्यो। छोरीको खुसी जेमा छ त्यसमा अडिग रहे बा आमा। घरकी एक्ली छोरी पुल्पुलिनु स्वभाबिकै थियो।छोरीको साईन्स पढ्ने रहरलाई सहर्ष स्विकार गर्दै राम्रै चलेको कलेजमा सितालाई भर्ना गराई दिए। कलेज फि तिर्न धौ धौनै त थिएन तर महङ्गो कलेजमा भनेको बेला फी जोह गर्न चाँही अभिभावकलाई कहिले काँही हम्मे हम्मेनै पर्थ्यो। पढाईमा अब्बल सिता राम्रै अङ्क लिएर बार्ह कक्षा उत्रीण॔ गरिन्।
गाउँ घर शहर बजार जताततै बार्ह सके पछि अव के गर्ने सबैलाई टाउको दुखाईको बिषय हुन्छ। कि त बिदेश हानीनु पर्यो कित ईलम गर्नु पर्यो। एकदुई महिना बरालिएर हिडेको देखे भने मात्र नि लौ न फलानोको छोरो त लफङ्दा भएर डुलेर हिड्दै छ अनि फलानीकी छोरी त ढिस्कानासँग कुम जोडी जोडी हिड्दै छ। अक्सर गाउँ बजार तिर सुनिने भाषा।

घरछिमेकीले पनि फलानो त अमेरीका गएको बर्ष दिन भएको छैन गाडी किनेर खुब प्रगती गरेछ। ढिस्कानाकी छोरी पोहोर मात्र गएकी हेरन बाउ आमाको टाईफुट्टी छोरीले पठाई दिएको घडी, यी आईफोन पठाई दिएकी रहिछ यस पाली भन्दै कान फुक्दै हिड्छन्।

अब शुरु भयो सितालाई बिदेश जाने प्रेसर। हाम्रो समाज आफ्नो स्टाटस हेर्दैन तर अरुको देखेर रिस गर्छ। छोरोले कसरी पैसा कमाएर पठाउँछ त्यता सोदिन्न तर महिनाको कति कमाउँछस् त्यो सोधिन्छ। छोरीले कसरी घडी र आईफोन पठाई त्यता ध्यान जान्न तर सिफ्ट कतिको दिदै छ त्यसको बढी चिन्तीत हुन्छ।

सितालाई पनि पढ्न अस्ट्रेलीया जाने आदेश दिईन्छ। जति लागेको पैसा जुटाउँला राम्रोसँग बुझेस भनेर अर्हाईन्छ। पढाई पनि हुने अनि पैसा पनि कमिने गजबको देश त्यो पनि अरुले भनेको अनि सुनेको आधारमा ठुला र मिठा सपना बुनेर साँच्चै जबरजस्ती जसरीनै अस्ट्रेलीया जान कर गरिन्छ।

उ गएर कन्सल्ट्यान्सीमा बुझ्छे। कन्सल्ट्यान्सीले बिस लाखमा जान सकिने कुरा सङ्क्षिप्त रुपमा बुझाई दिन्छ। हो सबै अभिभावकले बुझ्न पर्ने कुरा यहि हो। जसोतसो बिस लाख खोजेर अस्ट्रेलीया पठाएर मात्र हुँदैन। पठाउनु मात्र ठुलो कुरा होईन। अस्ट्रेलीयामा पाईला टेकी सकेपछि शुरु हुने बास्तबिकताबारे बुझ्न जरुरी छ। भन्ने बित्तीकै काम पाईदैन। काम पाई हाले पनि ट्याक्समा हप्ताको बिस घण्टाभन्दा बढि गर्न पाईन्न यहाँको नियम अनुसार। क्यासमा काम भन्ने बित्तीकै पाईदैन। कलेज जानै पर्यो, घर भाडा तिर्ने पर्यो, ट्रेन चड्नै पर्यो, खान लाउन परि गयो। मानौ कुनै केटीले हप्ताको बिस घण्टा हाउसकिपीङ गर्छिन् ।उसको घण्टाको मानौ १९ डलर। हप्ताको ३८० डलर कमाउ छिन्। महिनाको १५२० डलर कमिन्छ। त्यो पैसाले कता चाँही टाल्ने आँखा झिमीक्क गर्दा कोठाको भाडा तिर्ने समय आउँछ। यता मोबाईल प्लानमा लिएको हुन्छ, महिना बिती सक्दा खाताबाट पैसा झिरीप्प हुन्छ। बत्ती, पानी, ग्याँसको बिल तिर्नै पर्यो। ट्रेनको टिकट काट्नै पर्यो। यसो कहिले काँही बाहिर खानै पर्यो।
उताबाट फोनमा कति कमाउछेस् नानी। महिनाको १५८० डलर हुन्छ। १५८०ले आजको रेट ८२ ले एकलाख तिसै हजार पो कमाउदी रहिछस् त भन्दै हिसाब गर्छन्।

सितालाई पनि कन्सल्ट्यान्सीले नर्सीङमा गए सजिलै पिआर पाईन्छ भनेर लाई दिन्छ। कलेजको फि यति छ है भनेर भन्दैन। शुरुमा भिषा आउने कि नआउने चिन्ता हुन्छ। भिषा आएपछि पैसा नभए ऋणनै सही भन्दै पाटी दिन तिर सोचीन्छ अनि किनमेल टिकट कहिले उड्ने ध्याउन्न हुन्छ।

उड्नु मात्र ठुलो कुरा हो भन्ने सोचाईमा यता आई पुगे पछि शुरु हुने तनाबका कुराहरुको बेवासता गरिन्छ। बस्ने ठाउँ देखी काम सम्मका समस्याहरु तिर खासै सोचीन्न अनि आए पछि आफैले भोग्दै गएपछि बल्ल दिमागमा बत्ती बल्छ। सिता पनि तिनै हजारौ युवा मध्यकि एक थिई जो बास्तबिकता प्रती पुरै अनबिग्य थिई। उसलाई घरको कर, साथीहरुको लबाई खवाई अनि गाउँघरका नानाभाती कुरा सुनेर कहिले जाउँ जस्तै भएको थियो।

त्यहि रन्कोमा कन्सल्ट्यान्सी गएर प्रमाणपत्र लगाएत केही कागज छोड्ने क्रममा बाटोमा जादै हुन्छिन्। एकाएक फेशबुक खोल्छिन्। फेशबुकमा एक समाचार देख्छिन् सिड्नीमा एक बिधार्थी छात्राले आत्महत्या गरिन् भनेर। उसको मुटु चिसो भएर आउँछ। निधार भरि चिट् चिट् पसिना आउँछ। किन गरिछन् आत्महत्या खासै खुलाएको हुँदैन। मृत्युको कारण जे होला तर आत्महत्या किन गरिन्। पढाई खर्छ पुराउन नसकेर पो गरिन् कि, घरको ऋण तिर्न नसकेर पो गरिन् कि, सम्बन्धहरुमा तुसारापात लागेर पो गरिन् कि। मनमा प्रश्नहरु तेर्साउँदै सिता कन्सल्ट्यान्सी तिर अघि बढ्छिन।

मन मनै सोच्छिन् न मेरो कोही चिनेको मान्छे छ। अहिले बा आमाले ऋण धन जे गरे पनि पैसा जुटाउलान् भोली पुगेर काम भनेको बेला पाईन भने, कलेजको फी तिर्न सक्ने मेरा बा आमाको अवस्था पक्का छैन। भोली काम गरेर कलेज फीनै जुटाउन सकिन भने मेरो कतै ति बिधार्थीको जस्तो हबिगत त हुँदैन। भो बोरु अस्ट्रेलीया जाने कुरालाई यहि पुर्णबिराम दिन्छु। बोरु यहि राम्रो जागीर खाएर आनन्दले बस्छु अनि आमा बालाई पनि राम्रोसँग सम्झाउँछु। मलाई बन्नु छैन समाचारको लागि अर्को खजाना। भो म अकालमा मर्न कुनै हालतमा अस्ट्रेलीया जान्न। जाँदै जान्न।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349