eNepal

अस्ट्रेलीया गएर हराउने, डिप्रेसनको शिकार, आत्महत्या गर्न लालाहित युवालाई नेपाल आमाको पत्र

खै कहाँबाट शुरु गरौ मननै थीरमा छैन। लेख्न खोज्छु तर हात एकदम काँपी रहेको छ। मलाई कुनै रहर थिएन कि तिमीहरुलाई बिदेश जाउ मनग्य पैसा कमाउ अनि उतै बिलाउ भन्ने। मन गर्हुङ्गो बनाएर खादा, सयपत्रीको माला र रातो टिका लगाउँदा तिमीहरुले मेरा आँखाका आँशुका डिक्का देखेका थियौ। कुनै रहर र सपना थिएनन् ताकि छोरा छोरी बिदेश जान्छन् डलर पठाउँछन अनि यता म मोजमस्ती गरौला भन्ने।

मैले भन्दै थिएँ भर्खर बार्ह सकेर दुनीयाँलाई राम्रोसँग नचिनेका कलिला कोपीलाले त्यो बिरानो परदेशमा कसरी आफुलाई समायोजन गर्न सक्छौ भनेर। घरमा बाउ आमालाई रिस देखाए जस्तो, घुर्की लगाएर पैसा माग्या जस्तो, ठाँटेर कैयौ रात बेपत्ता भए जस्तो अनि बिभीन्न बहाना बनाएर दङ्गाए जस्तो बिदेश कदापी थिएन। मैले जसोतसो गरेर दुई छाक नमिठो भएपनि खुवाएको थिएँ। मोजमस्ती गर्न पुग्ने खर्च नपुर्याए पनि अरुको अगाडी शिर ठाडो बनाउने चेस्टा गरेकोनै थिए।

बिदेश भनेको सधै बिरानोनै हुन्छ। साथ दिने कमै हुन्छन्। आफुसँग समय हैन समयसँग आफु हिड्न सक्नु पर्छ नत्र समयले लात मारेर छोडेर गएको पत्तै पाईदैन।

बिदेश जाने भनेको तिमीहरु जस्ता मध्यम बर्गीयनै हो जसको आर्थीक स्तर ठिकैको मात्र हुन्छ। घरमा बिदेश जान्छु पढ्छु पैसा कमाउँछु भनेपछि हुर्केका छोरा छोरीलाई भरिसक रोकटोक गर्दैनन् बाबु आमाले। अर्को कुरा गल्ती हाम्रै पनि हो। बुबा म ईन्जिनियरिङ पढ्छु नौ लाख जति खर्च हुन्छ भन्दा निकाल्न हिच्कीचायौ तर बिदेश जान्छु अठार लाख लाग्छ भन्दा ब्याजमा होस् या सन्चयकोषमा भएको पैसा होस्, परे खेतबारीनै बन्धकी राखेर पनि पठाउन तम्सिन्छौ।

बिदेशमा काम आफै खोज्न पर्छ अनि गर्न सक्नु पर्छ। बिसौ लाख खर्च गरेर त्योपनि ऋणमा परेर गएका हुन्छौ।थाहा छ काम पाउन त्यति सजिलो छैन अझ कोही भनसुन गर्दिने मान्छे भएन भने फलामको चिउरा चपाए बराबर हुन्छ। तर यति भनि रहँदा ब्याज र साहुले बूझ्दैनन्। अस्ट्रेलीया गएको छोरा छोरी डलर त मनग्य छाप्छन् होला भने सोचेर घरमा किच्किच गर्छन्। तर केही महिना त भन्न पनि हिच्किचाउँछौ।फेरी यता तिरोभरो गर्नलाई सबै बाटो तलाई पठाउने हुँदा बन्ध भएका हुन्छन्। गएको दुई चार महिनामानै पैसा पठाई देउ भनेर कुन मुखले माग्ने। पैसा नमागे घरमा साहुले खप्न दिदैनन्।

छोरीहरुलाई पनि भरिसक् नजाउ एक्लै भनेर नसम्झाएको होईन्। हेर्दा भव्य देखे पनि भोगाईमा गार्हो छ बिदेश भनेर भन्दा भन्दै के के न पाईन्छ भन्दै फुरुक्क परेर गयौ। शुरुमा पैसा जुटाएर मात्र हुँदैन गए पछिका दिनहरुपनि सम्झनु पर्यो। महङ्गो कलेजमा नजाउ भन्दा गएर काम गरेर कलेजको फी जुटाई हाल्छुनि भन्दै जान्छौ। न कामनै पाईन्छ भन्ने बितीक्कै। केटीहरुले जस्तोपायो त्यस्तो काम गर्न पनि सक्दैनन् र पाईदैन पनि। हाउसकिपीङ र क्लिनीङमा प्राय ट्याक्समा काम दिन्छन्। बिस घण्टा काम गरेर कति पैसा बचाउँने। कोठा भाडा तिर्नै पर्यो, खानपीन गर्न पर्यो, यातायातमा हिडडुल गर्न परि हाल्यो। हप्ताको मानौ पाँचसय कमाए पनि बचाउने कतिनै हो। मैलै बारम्बार भन्दापनि के के न हुन्छ भनेर बिदेश होमीयौ अनि अहिले सम्पर्क बिहीन भएर बसेका छौ।

बिदेश नदेखिन्जेल के के न हो तर देखेर भोगे पछि निल्नु न ओकल्नुको ठाउँ हो। न फुत्त छोडेर फर्किननै सकिन्छ न त आनन्द तवरले बस्ननै सकिन्छ। एकातिर अचकल्टो पढाई अर्को तिर घरको ऋण। एकातिर बिदेशको रहनसहनमा बस्ने बानी अर्को तिर आफ्नै नेपालका साथीहरुको प्रगतीले न तिमीहरुलाई फुत्त आउननै दिन्छ न त कुनै आशाका बत्ती बलेको हुन्छ। अनि बन्छ सपना पिआर लिने। यी सबको खातिर कति बिदेशमा लापत्ता भए, कति डिप्रेसनका शिकार भए, कतिले आत्महत्या गरे।

अत्तालिदै बिदेश होमीएर कालको मुखमा जोतीनु भन्दा बरु स्वदेशमा केही गरेर बसेकोनै बेश। अरुको लहै लहैमा वा देखासिकीमा बिदेश जानु अनि आर्थीक र मानसिक तनाबले घरबाट सम्पर्क बिहीन हुनु, डिप्रेसनबाट कालको मुखमा पर्नु भन्दा आफ्नै देशमा केही शिप गरेर बसेकोनै बेश।

म त अझ के भन्छु भने बिदेश पठाएर छोरा छोरीले पैसा पठाउलान भनेर आश कोही अभिभाबकले नराख्दानै हुन्छ। अस्ट्रेलीया गएका छन् छोरा छोरी भनेर यत्रो गर्धन बनाउनु भन्दा कस्तो छ भनेर सम्झाऔ। खाली पैसाको कुरा गरेर झन् तनाब थुपार्नु भन्दा पढाई सकिन्जेल सकेसम्म साहानाभुती दिउँ।सङक्ट परेमा नेपालबाट सहयोग गर्न सक्ने बाताबरण बनाऔं। सकिदैन भने आफ्ना छोरा छोरीलाई बिदेश कदापी नपठाउन सबै अभिभाबकहरुलाई अनुरोध गर्दछु।

लौ त धेरै लेखिन। आफ्नो ख्याल राखेस्। राम्रोसँग पढेर आफ्नै देश फर्केर केही गर्ने मनसाय राखेर पढ्नु। उही सबैकी नेपाल आमा

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349