eNepal

केटी र दारुको सङ्गतमा मोहन यसरी बिग्रदै गयो अस्ट्रेलीयामा

मोहन उच्च शिक्षा अध्ययन गर्ने क्रममा अस्ट्रेलीया आयो। एउटा पिँजडामा राखेको चराले जव खुल्ला आकाश देख्दा रमाउँछ नि, हो त्यस्तै अनुभुती भयो उसलाई। घरमा आमा बाको खटन अनि डर र त्रासमा बसेको मोहनलाई न कसैको डर भयो न कसैको कर। उ नितान्त स्वतन्त्र भयो। कसैले ओही कहाँ जान लागेको भनेर न सोध्ने भए, न कसैले किन यति रात आएको भनेर गालीनै गर्ने भए।
नेपालमा भएका आमा बालाई जे भन्दा नि भई हाल्यो। आँखाले नदेखे पछि बिश्वासको भरमा बस्न बाध्य भए आमा बा पनि।

छोरोलाई किन कमाईनस्, काम गर्छस् कि गर्दैनस् भनेर कहिलै सोधेनन्।बोरु उल्टै गार्हो भयो, खर्च पुगेन भने भन्नु यतैबाट पठाई दिउँला भन्दिन्थे। यता मोहनलाई के खोज्छस् कानो आँखो भएको थियो। जब छोरा छोरीलाई दुखको आभास गराईन्न अनि पैसा दिएर मत्ताईन्छ नि त्यहाँ धेरैका छोरा छोरीले बाटो बिराएका हुन्छन्। फलामलाई कुटे पछि बल्ल हतीयार बन्छ। मान्छेको जातलाई पुल्पुल्याएर राखेपछि मात्तीन्छन्। आफैलाई लात हान्छन् अनि कैयौ युवाहरु सुन्दर भविस्य बनाउने सपनामा “साकार” भएर निस्कन्छन् जसको भविस्य घरको घाटको हुन्छ।

हुन त पैसाले सबै थोक किनीन्छ तर ईज्जतमा लागि सकेको दाग कदापी किन्न सकिन्न। छोरा तैले पैसा किन नपठाएको भनेर कहिलै नसोध्ने आमा बाले जव छोरोको असली स्वरुप थाहा पाउँछन्। धेरै ढिला भई सकेको हुनेछ। बिग्रनेहरु बगरेल्ती छन् बिदेशको खुल्ला आकाशमा। सप्रिनेहरु त आफ्नो सुन्दर भविस्य बनाउने अभिलाषामा अहोरात्र मेहीनेत गरेर घर परिवारलाई खर्च पुर्याएर समेत आफ्नो परदेशको जिन्दगी मज्जाले बिताउनेहरु पनि नभएका होइनन्।
मान्छेलाई बिग्रने मती लागे पछि कसैले रोकेर रोक्न सक्दैन रहेछ।

मान्छे बिग्रने भनेको चाख्ने बानी लागे पछि हुन्छ अझ अस्ट्रेलीया त बैधानीक रुपमा कानुनले सेक्स फ्री गरेको देश। मोहन पनि पैसाको उन्मातमा हरेक विकेन्डमा साथीसँग भेट्न जान्छु भन्दै घर आउन छोड्यो, त्यसै त सेक्स फ्री भएको देशमा कसैको डर न भर भएपछि कमाएको पैसा केटीमा खर्चीन थाल्यो। घरबाटा आएको फोनको वास्ता गर्न छोड्यो। मोहन पनि चाख्ने बानीमा फसि सकेछ। उसले काम गरेको हिसाबले पनि उसको हरेक हप्ता पैसा मनग्य आउँथ्यो। जुन पैसाले उसलाई कोठा भाडा तिरेर कलेजको फी समेत तिर्दै घर खर्च पठाउन समेत पुग्थ्यो। तर अहँ उसले घरमा पैसा पठाउन त परैको कुरा उल्टै घरबाट पैसा मागेर घर भाडा तिर्दै थियो। किन की उसको बानी बसि सकेको थियो कहिले मेन्स ग्यालरी त कहिले ईजाजत प्राप्त यौन अखडा। काम गर्नु भनेको केबल त्यसकै लागि जस्तो भएको थियो उसलाई।

यो कथा बास्तबीक हो। पात्रहरु फरक होलान तर धेरै युवाहरु यसैको जालमा फसेर आफ्नो भविस्यलाई दाउमा लगाउँदै छन्। कोही साथीको सङ्गतमा लागेर बिग्रदैछन् त कोही चाखी खाने लतले तर यसले धेरै युवालाई नराम्रोसँग फसाई रहेको छ।

लेखक: मनोज पौड्याल

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349