चप्पली हाइट -२ बाट डेब्यु गरेका अभिनेता आयुष्मान देशराज श्रेष्ठको ईन्स्टाग्राम ह्याक भएको छ जसकारण अहिले उनी निक्कै तनाबमा छन् ।
एक अपरिचित व्यक्तिले धम्कीपूर्ण भाषामा चाँडै आयुष्मानका सबै ‘सेक्स च्याट’ ईन्स्टाग्राम मार्फत सार्वजनिक गर्ने समेत बताएका छन्।
श्रोतका अनुसार आयुष्मानलाई प्रत्यक्ष रुपमा धम्की दिँदै उक्त ईन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो परिचय लुकाएका छन् जहाँ ‘प्रोफाईल पिक्चर’ मा कट्रिना कैफको तस्वीर राखेका छन् ।शुक्रबार आयुष्मानबारे यस्तो कुरा सार्वजनिक भएपछि नै दिनभर सामाजिक संजालमा आयुष्मानका प्रशंसकले समेत यसलाई भाइरल बनाएका छन् ।
ईन्स्टाग्राममा ति व्यक्तिले लेखेका छन्, ‘अबको केही समयमै तिम्रो सबै सेक्स च्याट सार्वजनिक गरिदिनेछु ।’ केहीले भने आयुष्मानले कसैसँग गोप्य कुरा गरेका कारण यस्तो समस्या आएको हुनसक्ने आशंका गरिएको छ ।